३ कार्तिक २०८१, शनिबार

पुर्वाधार

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । नलगाड नगरपालिका वडा न १ कल्पतमा पहिरोले ठुलाे धन जनकाे क्षति गरेकाे  छ । आईतबार गाउँ माथि बाट आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्याएको हो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आईतबार आएको पहिरोले स्थानीय पृथ्वीबहादुर पुनको १ वटा गोरु र एउटा गाईको पहिरोमा पुरियका  छन् भने अन्य ५ वटा गाईगोरुहरु घाइते भएका छन् । भिमदल चनाराको घोडा र भैसी घाईते भएका छन् । प्रकाश पुनका दुई वटा गोरु घाइते भएको अधिकृत गिरीले बताए । यस्तै, स्थानीय लालबहादुर बुढा र बलराम पुनको घरमा क्षति पुगेको छ । घाइते गोरुहरुको उपचारमा डाक्टरहरु खटिएको बताईएको छ । क्षति कति भयो, एकीन विवरण पेश गर्न सम्बिन्धित वडाध्यक्ष र वडा सचिवलाई सामाजिक सञ्जालमा अधिकृत गिरीले आग्रह गरेका छन् । गाउँ नै पहिरोको ठूलो त्रासमा रहेको छ ।...
बिदेशमा जादा पर्यटन र भिजिट भिसामा नजान, परराष्ट्रकाे आग्रह

बिदेशमा जादा पर्यटन र भिजिट भिसामा नजान, परराष्ट्रकाे आग्रह

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ । आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई अनुरोध गरिन्छ ।’...
जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबा...
जाजरकोटमा वृक्षरोपण गरि भानु जयन्ती मनाईयाे

जाजरकोटमा वृक्षरोपण गरि भानु जयन्ती मनाईयाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जाजरकोट ।"हाम्रो प्रकृति र हाम्रो सँस्कृति हामी आफै जोगाऔं" भन्ने मुल नाराका साथ आदिकवि भानुभक्त आचार्यको २१०औं भानु जयन्तीकाे अवसरमा "जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान" ले भेरी नगरपालिका ४ स्थित निमारे र साउनेपानीमा रहेका पानीका मुहान क्षेत्रमा बिभिन्न बिरुवाहरु बृक्षाराेपन गरि भानु जयन्ती मनायकाे छ । शुक्रबार बिहान प्रतिष्ठानका अध्यक्ष जनक केसि काे बिशेेष पहलमा आयाेजना गरियकाे वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,समन्वय अधिकारी,वडा न ४ का वडा अध्यक्ष, पुर्व अध्यक्ष पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष लगायत जिल्ला स्थित सबै सराेकार वाला निकायका प्रमुख तथा प्रतिनिधि हरुकाे सहभागीतामा विभिन्न जातका दुई सय भन्दा बढि बिरुवा वृक्षारोपण गरियकाे थियाे। निमारे र साउनेपानिमा रहेका पानीका मुल जाजरकोट सदरमुकाम खलंगा आउने पानिकाे मुख्य श्राेत हुन जलबायु परिवर्तनका कारण उक्त क्षेत...
हेलिकप्टर दुर्घटना बारे छानबिन समिति बन्ने

हेलिकप्टर दुर्घटना बारे छानबिन समिति बन्ने

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि
जनकपुरधाम । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका हुन् । मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ । मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए । ‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै ...
हेलिकप्टरमार्फत गाउँपालिकाले गर्याे सुत्केरीको उद्दार

हेलिकप्टरमार्फत गाउँपालिकाले गर्याे सुत्केरीको उद्दार

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट ।कुशे गाउँपालिका वडा न ४ निवासी सरिता जैसीलाई सुत्केरी ब्यथाले च्यापे पछि आवश्यक सामाग्री स्वास्थ्य चौकी अर्छानीमा उपलब्ध नहुदा हेलिकप्टर मार्फत सुर्खेत उद्दार गरियकाे छ । गाउँपालिकाकाे विशेष पहलमा हेलिकप्टरकाे ब्यवस्था गरि सुत्केरी जैसिलाई उद्दार गरियकाे हाे। याे भन्दा अगाडि पनि  हेलिकप्टरकाे ब्यवस्था गरि सुत्केरी हुन कठिन अवस्थामा पुगेकि पालिकाका विभिन्न वडा अन्तर्गतका महिलाहरुलाई उद्दार गर्दै आयकाे थियाे। गाउँ-गाउँमा सिजनलि बाटाे पुगे पनि, अहिले सम्म बाह्रै महिना यातायात का साधन चल्न सक्ने अवस्था छैन । चर्काे भाँडा दरमा जिपहरु संचालित छन , बर्खायाममा पानी पर्दा खाेला नाला बढ्ने ठाउँ-ठाउँमा पहिराे जाने र बाटाे अवरुद्घ हुने जस्ता समस्याहरुले सर्वसाधारणले सास्ती भाेग्दै आयका छन ।      ...
ललिता निवासको जग्गामा महानगरले लगाने भयाे काँडेतार

ललिता निवासको जग्गामा महानगरले लगाने भयाे काँडेतार

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा बचाउन काँडेतार लगाउनेे भयकाे छ।आइतबार दिउँसो महानगर प्रहरीको टोली सोही क्षेत्र पुगेर दुई दिनभित्र अनाधिकृत संरचना हटाउन दिर्नेशन दिँदै सूचना टाँस समेत गरेको छ। महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको छ।१४३ राेपनि जग्गा रहेकाे ललिता निवास वरिपरिको जग्गा हाल विभिन्न ब्यक्ति हरुले हिनामिना गरेकाे भन्दै पक्राउ समेत परेका छन । र भाटभटेनि सुपर मार्केट का संचालक मीन बहादुर गुरुङ काे नाममा केही जग्गा रहेकाले उनी अहिले अनुसन्धानका लागि पक्राउ परेका छन । अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले एक विज्ञप्तिमार्फत जनाएको छ। उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक...
वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट ।राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्ला कमिटी उपाध्यक्ष, कुशे गाउपालिका २ का युवा अशोक बहादुर सिहंले आफ्नो बुवा वीर बहादुर सिहंकाे १ बर्षकाे बर्खी तिथिकाे अबसरमा कुशे २ मान्ने ढुङ्गा, शिवालय मन्दिर वरिपरि र आसपासका ठाउमा विभिन्न जातका बिरुवाहरु राेपि बाबाकाे स्मृति दिवश मनायका छन। वडा अध्यक्ष मान बहादुर सिंहकाे नेतृत्वमा विभिन्न विरूवाहरू जस्तै ओखर , आरु , कागती, सुन्तला , तज, टिमुर , बकाईनाे, इपिलिप, बेलउती,भाेकटे आदि  बृक्षाराेपण गरि मनाय । उनका बुवाकाे दम राेगका कारणले गत बर्ष आजकै दिन ६८ बर्षकाे उमेरमा लामाे समयकाे उपचार पछि निधन भयकाे थियाे ।...
जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । कुशे गाउपालिका वडा न २ टालेगाउँ रातामाटा टाेलमा एक घरमा आगलागी हुदा घरमा भयकाे सबै सामान जलेर नष्ट भयकाे छ । शुक्रबार दिउसाे कुशे गा.पा.२टालेगाउँकाे रातामाटा भन्ने टाेलमा रहेकाे सार्की नेपालीकाे घरमा बालबालिकाहरुले लुगाहरु चुलाे नजिकै राखिरहेकाे अवस्थामा लुगामा आगाे सल्कियर एक्कासि आगाे लागेकाे हाे। घरमा काेहि नभयकाेले आगाे सबै तिर सल्कियपछि वरिपरिका छिमेकीहरुले आगाे नियन्त्रण गरे पनि घर भने पुर्ण रुपमा क्षति भयकाे र घरमा रहकाे खाद्यान्न, भाडाकुडा र लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भयका छन । मानविय क्षति भने नभयकाे स्थानिय बिष्णु नेपाली ले बताय । तत्काल मुचुल्का गरेर राहतको लागि पहल गर्नका लागि वडालाई जिम्मा दिईसकेकाे र  गाउपालिकाले पनि आवस्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बतायका छन ।...
छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ । यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैया...