११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

जाजरकोट : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी  कम्युनिस्ट पार्टी,नेपालले १ कराेड ३० लाखकाे राहात सामाग्रीहरु हस्तान्तरण गरेकाे छ ।केन्द्रीय कार्यलय सदस्य हेमन्त प्रकाश ओलि “सुदर्शन”, केन्द्रीय कार्यलय सदस्य दिपक र दिनेश शर्मा लगायतकाे केन्द्रीय “जनसेवा अभियान” टिमले जाजरकोटमा पुगि  उक्त राहतका सामाग्री जिल्लालाई हस्तान्तरण गरेका हुन ।

पार्टी र पार्टीका भातृ संगठनकाे विशेष पहलमा संकलीत टेन्ट, त्रिपाल, कम्मल ,कार्पेट , सिरक डस्ना ,जकेट स्विटर, लगायत बिभिन्न ओैषधिहरु सहित १ कराेड ३० लाख बराबरको राहत सामाग्रीहरु जिल्ला राहात उद्धार तथा दैवीप्रकोप काेषमा हस्तान्तरण गरेका छन।भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर चलाउने “दिपक”काे नेतृत्वमा ६ नम्बर प्रदेश संयोजक संगम, क्रान्तिकारी युवा संगठन का केन्द्रीय संयोजक हरिष भट्ट, प्रतिज्ञा चाैलागाई मुक्ति गैरे, राजन बुढा, लगायत जन स्वास्थ्य स्वंयमसेवकाे  टिमले ६  लाख बराबरकाे ओैषधि सहित भुकम्प प्रभावित क्षेत्रमा खटेर घाइते हरुकाे उपचार र भत्किएका घरहरुकाे उद्धारकाे कार्यमा निरन्तर खटिरहेका थिय ।अभियानको तेश्राे चरणमा  जाजरकोट र रुकुम पश्चिमका अती भुकम्प प्रभावित गाउँबस्तीहरुमा “जनसेवा अभियान” संचालन गरि २०० जना जनस्वयंसेवक टोली पुर्ननिर्माणमा निरन्तर खटिने नेता दिपकले जानकारी दिए ।करिव १ सय भन्दा  बढी संख्यामा रहेकाे टिमकाे नेतृत्व पार्टी केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर ईन्चार्ज “सुदर्शन” गर्ने  बताएको छ। गत कार्तिक १७ गते राति ११:४७मा जाजरकोट जिल्लाकाे बारेकाेट गाउपालिकाकाे वडा न १ रामिडाँडा केन्द्रबिन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प ले जाजरकोट ,रुकुम पश्चिम र सल्यान लगायतका आसपासका जिल्लाहरुमा गरि १५६ जनाकाे मृत्यु भयकाे थियाे भने ३६५ जना भन्दा बढि घाइते भयका थिए । र ६२ अर्ब बराबरको भाैतिक संरचना हरुकाे क्षति भयकाे अनुमान गरियकाे  छ ।