११ श्रावण २०८१, शनिबार

भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

काठमाडौं : १ बजेर १९ मिनेट जाँदा मकवानपुर जिल्लाको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियाे।