११ श्रावण २०८१, शनिबार

एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

काठमाडौँ: नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान”का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।उता युवा संघले तीनकुनेमा प्रदर्शन गरेकाे थियाे, तीनकुनेमा पनि नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघर देखि बानेश्वर सम्मकाे एरियालाई “निषेधाज्ञा” जारी गरेको थियो ।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन् भने तीनकुनेमा युवा संघले गरेको प्रदर्शनमा ७ हजारको सङ्ख्यामा सहभागिता रहेको सुरक्षा निकायले आकलन गरेकाे छ ।
तिनकुनेकाे भन्दा बल्खुमा भयकाे प्रदर्शनमा हिंसात्मक गतिविधि भयकाे प्रहरीको निष्कर्ष रहेकाे छ । प्रसाईका प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गर्दा सुरक्षा निकायले असुरज्ञ्यास र रबरका गाेलि प्रहार गरेकाे थियाे ।प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएका थिए। तीमध्ये १७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।
त्यस्तै, प्रहरीतर्फ ५ जना घाइते भएका छन्। बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भीडलाई माइकिङ गरेर सम्झाउने क्रममा झन् उत्तेजित ढुंगा प्रहार गर्दा घाइते भएका ५ जनालाई नेपाल प्रहरी अस्पतालमा उपचार गराइराखिएको बताइएको छ।

प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने ।भाेलि शुक्रबार तिनकुनेमा झन ठुलाे प्रदर्शन हुनेछ ।