जाजरकोट :जाजरकोटमा एक जना युवाकाे मेलामा झडप हुदा मृत्यु भयकाे छ भने एक जना गम्भीर घाइते भयका छन् ।
जिल्लाको कुशे गाउँ पालिका वडा न.२ तिमिल्धारा टाेल निवासी बर्ष ३० जनक शाहीकाे शुक्रबार राति मृत्यु भयकाे हाे भने साेहि टाेलका बर्ष १९ का तेजेन्द्र शाहि गम्भीर घाइते भयका छन ।
प्रत्येक बर्ष हरिबाेधिनि एकादशीका दिन लाग्ने मेला छेडागाड नगरपालिका वडा न ७ र कुशे गाउपालीका वडा न २ काे बिचमा पर्ने धाैला मेलामा गयका घाइते तेजेन्द्र शाहि संगकाे ब्यक्तिगत रिसिभिका कारण झडप भयकाे र उनका सहाेदर अंकल पर्ने जनक शाहि झगडा छुटाउन जादा साेहि पालिका वडा न ३ का युवाहरूले एक्कासि लठ्ठी प्रहार गरि घाईते अवस्थामा छाेडेर भागेकाे र आफन्त हरुले घर सम्मा पुर्याइयकाे अवस्थामा दुई बजे राति शाहिकाे मुत्यृ भयकाे बुझिएको छ ।
गम्भीर घाइते तेजेन्द्र शाहीलाई त्यहा प्राथमिक उपचार नभय पछि हस्पिटल तर्फ लगिएकाे र मृतक जनक शाहीकाे पाेष्टमार्टमका लागि जिल्लाबाट टाेलि आउने र घटनाको थप अनुसन्धान हुने अर्छानी इलाका प्रहरी कार्यलयका प्रमुखले बताए ।
