११ श्रावण २०८१, शनिबार

क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बतायका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको उद्दार, राहत तथा पुननिर्माण अभियान अन्तरगत पश्चिम(रुकुम) को सानीभेरी गाउँपालिका -१, पक्रिया स्थिति शितल माविको अस्थायी विद्यालय भवन/टहरा हस्तान्तरण एवं विद्यालयद्वारा आयोजित स्वयंसेवकहरुको बिदाई कार्यक्रममा शर्माले उक्त उद्घोष गरेका हुन्।
संयोजक शर्माले भने“क्रान्तिकारीहरु नै वास्तविक जनसेवक हुन, हामी यहाँ जनसेवाका निम्ति काम गर्न आएका हौं, त्यसबाहेक हाम्रो कुनै स्वार्थ छैन । क्रान्ति भनेकै जनसेवा हो । तर यहाँ तुच्छ स्वार्थ बोक्नेहरु पनि छन, तिनीहरुको भ्रमबाट जनतालाई मुक्त गर्न पनि उतिकै जरुरी छ । त्यसमध्ये कतिपय नाङ्गिएका छन, कतिपय छिटै नाङ्गिने छन ।”शर्मा नेतृत्वको मजदुर, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरुको टोलिले शितल माविको अस्थायी भवन/टहरा निर्माण हस्तान्तरण, स्थानीय जनताका भग्नावशेष घरगोठको पुननिर्माण तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

२०८० कार्तिक १७ गते राति ११:४७मा जाजरकोट जिल्लाकाे बारेकाेट गाउँपालिकाकाे वडा न- १ रामिडाँडा केन्द्रबिन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प ले जाजरकोट ,रुकुम पश्चिम र सल्यान लगायतका आसपासका जिल्लाहरुमा गरि १५६ जनाकाे मृत्यु भयकाे थियाे भने ३६५ जना भन्दा बढि घाइते भयका थिए । र ६२ अर्ब बराबरको भाैतिक संरचना हरुकाे क्षति भयकाे अनुमान गरियकाे छ ।