११ श्रावण २०८१, शनिबार

एम सिसि सम्झाैता बिरुद्ध,जनप्रतिराेध गर्ने छाै : धर्मेन्द्र बास्तोला

दाङ :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसिसी सम्झौता विरुद्ध जनप्रतिरोध संघर्ष अगाडी बढाउने बताएका छन् ।पार्टीको ५ नम्बर प्रदेश समितीद्धारा सोमबार दाङ्गको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दैं नेता बास्तोलाले एमसिसी सम्झौता राष्ट्रहित विपरित भएको भन्दैं यसमा विरुद्ध आफ्नो पार्टीले जनप्रतिरोध संघर्ष अगाडी बढाउने बताएका हुन् ।

प्रवक्ता बास्तोलाले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने बताए । साथै उनले पार्टीले दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडी बढाउने समेत घोषणा गरेका छ्न ।

उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी सबै वक्ताहरूले एमसिसी खारेजीको पक्षमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको संघर्षमा ऐक्यवद्धता समेत जाहेर गरेका छ्न ।