११ श्रावण २०८१, शनिबार

आरसिपि नेपालकाे केन्द्रीय “जनसेवा अभियान” टिम राहत र पुनःनिर्माणका लागि भुकम्प प्रभावित क्षेत्रमा पुग्याे

काठमाडौं ।मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनकाे नेतृत्वको केन्द्रीय “जनसेना अभियान” टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा  पुगेकाे छ ।भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी नेता सुदर्शनकाे नेतृत्वमा पार्टी निकट बिद्यार्थी संगठनका केन्द्रीय संयाेजक मिलन राई,क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यलय सदस्य प्रमाेद सिंह, मजदु संगठन का केन्द्रीय संयोजक दिनेश शर्मा लगायत ४० जनाकाे  अभियान टोलि राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा आइतबार पुगेकाे  हो । भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर चलाउने “दिपक”काे नेतृत्वमा क्रान्तिकारी युवा संगठन का केन्द्रीय संयोजक हरिष भट्ट लगायत जन स्वास्थ्य स्वंयमसेवकाे  टिम भुकम्प प्रभावित क्षेत्रमा खटेर घाइते हरुकाे उपचार र भत्किएका घरहरुकाे उद्धारकाे कार्यमा निरन्तर खटिरहेका थिय । अभियानको तेश्राे चरणमा भूकम्पको मुख्य प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अती भुकम्प प्रभावित गाउँबस्तीहरुमा स्वयंसेवक टोली पुर्ननिर्माण गरि जनसेना अभियानमा खटिने नेता सुदर्शनले जानकारी दिए ।

गत कार्तिक १७ गते राति ११:४७मा जाजरकोट जिल्लाकाे बारेकाेट गाउपालिकाकाे वडा न १ रामिडाँडा केन्द्रबिन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प ले जाजरकोट ,रुकुम पश्चिम र सल्यान लगायतका आसपासका जिल्लाहरुमा गरि १५६ जनाकाे मृत्यु भयकाे थियाे भने ३६५ जना भन्दा बढि घाइते भयका थिए । र ६२ अर्ब बराबरको भाैतिक संरचना हरुकाे क्षति भयकाे अनुमान गरियकाे  छ ।