११ श्रावण २०८१, शनिबार

जाजरकोटमा भुकम्पिय बिपत ब्यवस्था सम्बन्धि सर्वपक्षीय बैंठक सम्पन्न

जाजरकोट : जाजरकोटमा भूकम्पिय विपद व्यवस्था सम्बन्धि सर्वपक्षिय बैठक सम्पन्न भयकाे छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जाजरकोट जिल्ला संगठन समितिकाे आयाेजनामा पार्टी केन्द्रीय कार्यलय सदस्य तथा  ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर चलाउने “दिपक”काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।शनिवार जाजरकोट भेरि नगरपालिकाकाे वडा न ३ ठाँटि स्थित स्याम कटेजकाे हलमा भयकाे सर्वपक्षीय बैंठकमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रि, नेकपा एमालेका जिल्ला अध्यक्ष खिम बहादुर शाही,नेकपा एकिकृत समाजवादी का जिल्ला अध्यक्ष कमान खड्का , नेकपा माओवादी केन्द्र का प्रदेश कमिटी सदस्य दिपक खत्रि ,राप्रपाका जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद शर्मा ,नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाह, नेपाल रेडक्रस जाजरकोट शाखाका सभापति हरि बहादुर बस्नेत, जिल्लामा क्रियाशील पत्रकार  र पार्टीका जिल्ला कमिटीका ईन्चार्ज,संयोजक र अन्य सदस्य हरुकाे  काे उपस्थितिमामा उक्त बैंठक सम्पन भयकाे हाे ।बैंठक पछि उपस्थित सबै जनाले संयुक्तरूपमा हस्ताक्षरित तीनवटा बुदामा  प्रेस वक्तव्य जारी गरेका छन्। वक्तव्यमा भनियकाे छ – “उद्धार सम्बन्धिका आपतकालीन अवधि सकियता पनि कयौं महत्त्वपूर्ण कामहरु बाकि रहेकाले उक्त कार्य सम्पन्न गर्न सहकार्य तथा समन्वय गरिने ” “नगर, गाउँ र वडा स्तरमा सर्बपक्षिय बिपद ब्यवस्थापन समिति गठन गर्ने” ,”राहत तथा उद्धार कार्यमा अनियमितता भयकाे भयमा सर्वपक्षीय कमिटीले अनुगमन गर्ने”, “पुनःनिर्माण सम्बन्धि का कार्यलाई नव निर्माणमा बदल्ने” र “सुरक्षित आवास  र एकिकृत बस्ती प्रणालीको”रणनीति अन्तर्गत पालिका स्तरमा ग्रामीण सिटि निर्माण गर्नमा बिशेष पहल गर्ने , चर्किएका बस्न लायक र बस्न नहुने घरहरूकाे दुई भागमा वर्गीकरण  गर्ने र दिर्घकालिन रुपमा सम्पुर्ण घरहरु विस्थापन गरि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्न सबै पक्षबाट पहल गरिने भनियकाेछ । बैंठककाे अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला इन्चार्ज अनन्त र संचालन संयाेजक हिमालले गरेका थिय ।

संयुक्त प्रेस वक्तव्य :