३ आश्विन २०८१, बिहीबार

अर्थवाणिज्य

सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो । सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो । उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको थियो ।...
अखिल क्रान्तिकारी दाङले बुझायाे, तुलसीपुर उपमहानगरलाई ५ बुद्दे माग पत्र

अखिल क्रान्तिकारी दाङले बुझायाे, तुलसीपुर उपमहानगरलाई ५ बुद्दे माग पत्र

Breaking News, अर्थवाणिज्य, राजनीति, शिक्षा, समाचार
दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी जिल्ला संगठन समिति दाङले तुलसीपुर उपमहानगरपालिका लाई ५ बुद्दे माग पत्र पेश गरेकाे छ । साेमबार संगठनकी दाङ जिल्ला संयोजक ईन्दु ओलीकाे नेतृत्वमा गयकाे टिमले  उपमहानगरपालिका तुलसीपुर दाङ का प्रमुख टिकाराम खड्का समक्ष उक्त माग पत्र बुझायकाे हाे । माग पत्रमा भनियकाे छ "सामुदायिक र संस्थागत बिद्यालय तथा कलेजहरुमा DI(discipline Incharge) गुण्डाहरु  खारेज गरियोस् ,कमिसनकाे नाममा गुणस्तर हिन सेनिटरी प्याड खरिद बन्द गरि गुणस्तरीय सेनेटरी प्याडकाे ब्यवस्था गरियोस् ,सामुदायिक बिद्यालयकाे जमिन भु माफियाहरुकाे मिलि भगतमा वेचविखन गर्न गराउने दलालहरुलाई कार्वाही गरि जमिन फिर्ता गरियोस् ,मन्त्री ,संसद नेता र उच्च पदस्थ कर्मचारी, विश्वविद्यालय र क्याम्पसका पदाधिकारी हरुले लगानी गरेका निजि शैक्षिक संस्था हरुलाई कार्वाही गरि त्यस्ता शैक्षिक ...
नेपालगन्ज जुत्ता चप्पल ब्यावसायी संघद्वारा विपन्न बालबालिकालाई निशुल्क जुत्ता र माेजा वितरण

नेपालगन्ज जुत्ता चप्पल ब्यावसायी संघद्वारा विपन्न बालबालिकालाई निशुल्क जुत्ता र माेजा वितरण

Breaking News, अर्थवाणिज्य, शिक्षा, स्वास्थ
बाँके :नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाकेद्वारा विपन्न वर्गका बालबालिकाहरुलाई स्कुल जुता र माेजा वितरण गरेकाे छ । आईतवार बाँकेको नेपालगन्जकाे १८ संगमनगर स्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र/ छात्राहरुलाइ स्कुल जुत्ता र मोजा वितरण कार्य सम्पन्न गरेकाे संघका अध्यक्ष कविराम जैसिले जानकारी दिय। जाडो माैसममा न्यानाे हुने जुता र माेजा पाय पछि सबै बालबालिकाहरु हर्षित भयका थिय । नेपालगन्ज जुता चप्पल ब्यावसायी संघले बिगत देखि निरन्तर सामाजिक सेवामा काम गर्दै आइरहेकाे छ ।  ...
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
पाेखरा :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ । अधिवेशनले कालिबहादुर पाण्डे संयोजक र बिना बुढाथोकी सहसंयोजक रहेको २९ सदस्य प्रदेश समिति निर्वाचित गरेको छ । एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य बाबुराम गजमेर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक वसन्त बोगटी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामजी थापा,मामा,नारायण अधिकारी,कास्की जिल्ला संयोजक सुजन, विद्यार्थी प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा, युवाका प्रदेश संयोजक लोकेन्द्र राई, प्रमोद सिंह, महिला संगठनका प्रदेश संयोजक लक्ष्मी खड्का, महासंघका सचिवालय सदस्य चन्द्रबहादुर बस्यालले शुभकामना मन्तब्य राखेका थिय। अधिवेशनलाई शुभकामना दिँदै प्रमुख अतिथि बाबुराम गजमे...
ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
ललितपुर :ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ । नापी ,मालपोत र यातायात कार्यालयमा सम्बन्धित निकायले जति निगरानी गरेपनि घुस लिएर कामकाज गर्ने प्रचलन भने राेक्न सकेको छैन ।...
काे हुन ..? राम बहादुर बम्जन “लिटिल बुद्ध” उपनाम बताउने ब्यक्ति

काे हुन ..? राम बहादुर बम्जन “लिटिल बुद्ध” उपनाम बताउने ब्यक्ति

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए । उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो । बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर...
भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : अन्तराष्टृिय लेखक तथा पत्रकार केन्द्रले हालै नेपाल सरकारले भारतिय दुतावास संग गरेका - २० कराेड बराबरको याेजना तथा प्राेजेक्ट भारतले आफै  छनाेट गरि नेपालमा लगानि गर्न पाउने सम्झौता तथा कार्यक्रम बिरुद्ध एक प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरायकाे छ। साेमबार केन्द्रका अध्यक्ष हस्त बहादुर के सि द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ " पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको साम्राज्यवादी तथा विस्तारवादि दलाल सरकारले भारतीय बिस्तारवादि सरकारसित सिधै २० कराेडकाे लगानी गर्न पाउने र प्राेजेक्ट तथा याेजनाहरु समेत आफैले छनाैट गरेर लगानी भित्र्याउन पाउने गरि अपराधपुर्ण तरिकाले भारतिय विस्तारवादि सरकार संग दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेर गम्भीर प्रकारकाे राष्ट्रघाति सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनता प्रति अक्षाम्य चाल घात गरेकाे परिघटनाले बिश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथ...
आरसिपि नेपाल,जाजरकोटको पहलमा भुकम्प पिडित विपन्न परिवारलाई रु ३०,३०० नगद हस्तान्तरण

आरसिपि नेपाल,जाजरकोटको पहलमा भुकम्प पिडित विपन्न परिवारलाई रु ३०,३०० नगद हस्तान्तरण

Breaking News, अर्थवाणिज्य, समाचार
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,जाजरकोटको पहलमा राहत स्वरुप भुकम्प पिडितलाई नगद हस्तान्तरण गरियकाे छ। गत कार्तिक १७ गते राति जिल्लाको बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र विन्दु भयर गयकाे विनासकारी भूकम्पका कारण जाजरकाेट, रुकुम लगायतका  जिल्लामा सयौंको संख्यामा मानविय क्षती र करोडौंको भौतिक संरचनाहरु ध्वस्त भएको थियो। भुकम्पका कारण थिलोथीलो परेका जनताको मलमपट्टि लगाउन दिनरात नभनी  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरन्तर जनसेवामा लागिपरेको छ।  यसै  सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकाेटको विशेष पहलमा नलगाड नगरपालिका वडा नं ६ गराग्ली बस्ने कृति बहादुर रावल र भारगाउ बस्ने निर्मला बुढाको परिवारलाई तीस हजार तीन सय रुपैयाँ  हस्तान्तरण गरिएको छ। उक्त रकम जाजरकोट जिल्ला घर भई हाल कतारमा बस्ने विनोद ओलीबाट रु ६,१२० जाजारको जिल्ला घर भई कुवेत बस्ने महेन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे ३५ राेपनि जग्गा अधिकरण घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे ३५ राेपनि जग्गा अधिकरण घाेषणा

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
पाल्पा :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेकाे छ ।मंगलबार जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा  गरेका हुन् । प्रेस विज्ञप्ति भनेका छन्  "प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ? बातावरणिय प्रदूषण र जलवायु परिवर्तनका मूल कारक तत्व तथा जिम्मेवार अति मुनाफाका लागि अति प्राकृतिक दोहन गर्ने साम्राज्यवादी तथा शक्ति राष्ट्रहरु र तिनका दलालहरु रहेका छन् ।” अध्यक्ष कमरेड किरण १) जलस्रोत ऐन – २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले । २) जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रुपमा रहेको प्रभास तालको दोस्रो पोखर...
भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपंक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ ।त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायाको क्षति दुई करोड ५० लाख बराबर छ । त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ माहुरीको घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ । भारतबाट कमाएर ल्याउने जनशक्ति...