१९ जेष्ठ २०८२, सोमबार

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको भेला सम्पन्न

काठमाडौं ।नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको प्रारम्भिक भेला सम्पन्न भयकाे छ ।

गोरखा,लमजुङ ,स्याङ्जा ,कास्की ,तनहुँ ,मनाङ ,मुस्ताङ ,म्याग्दी ,पर्वत ,बागलुङ ,नवलपरासी (ब.सु.पु)मा रहेका प्रशोधित पानी उद्योग तथा प्याकेजिङ उद्योगका प्रतीनिधी हरु को सहभागितामा साईमन पार्टी प्यालेस,सृजना चोक कास्की पोखरामा नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको प्रारम्भिक भेला सम्पन्न भएको हाे ।
नेपाल बोटल वाटर उद्योग संघका केन्द्रिय अध्यक्ष ध्रुव गौतम को प्रमुख आतिथ्यता तथा कमल अधिकारी ,केशव घिमिरे ,मिना दाहाल तथा रुपचन्द्र थापाको बिशेष आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता नवलपुर का ब्यवसायी सोम प्रसाद काप्री ले गरेका थिय।

भेलाले गण्डकी प्रदेश बाेटल वाटर उधाेग संघ तदर्थ कार्यसमिति गठन गरि आफ्नो प्रशासनिक कार्यलाई अगाडी बढाएको छ ।

तदर्थ समितिमा;

अध्यक्ष- साेम प्रसाद काप्री ( नबलपुर)
बरिस्ठ उपाध्यक्ष- प्रेम क्षेत्री (कास्की )
उपाध्यक्ष -चन्द्रा पाैडेल क्षेत्री (पर्बत)
महासचिव- कबिन्द्र काेइराला (कास्की )
सचिव -सुरेन्द्र कुमार श्रेष्ठ ( तनहुँ )
काेषाध्यक्ष- मिना दाहाल (नबलपुर)
सहकाेषाध्यक्ष- निल बहादुर घताने (गाेर्खा)
सदस्य -खुशिमान गुरुङ (लमजुङ )
सदस्य- खिम बहादुर थापा (स्याङ्जा
सदस्य -के पि खनाल (स्याङ्जा)
सदस्य -रबिन्द्र माेहन अधिकारी (कास्की )
सदस्य -अमृत तिवारी (कास्की )
सदस्य- राजु भट्ट (नवलपुर)
सदस्य -भरत गाैचन (मुस्ताङ ) र
सदस्य -ध्रुब के सी (बाग्लुङ ) रहेका छन्।

उपभोक्ता लाई स्वच्छ पिउनेपानीको ब्यवस्था गर्दै ब्यवसायीहरुको हक हितको लागि यो संघ गठन भएको ले नेपाल सरकारको कानुन तथा नीति नियम भित्र रहि स्वच्छ प्रतिस्पर्धा सहित ब्यवसाय संचालन गर्न आम ब्यबसायी हरुलाई प्रमुख अतिथि ध्रुव गौतमले आग्रह गरेका थिय ।