काठमाडौं :तारकेश्वर नगरपालिका धर्मस्थलीमा मंगलबार “आर्थिक वर्ष ०८२/८३ का लागि वार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम” सम्पन्न भयकाे छ।कार्यक्रममा नगरप्रमुख श्री कृष्ण हरि महर्जनको अध्यक्षता रहँदा पूर्वरक्षामन्त्री श्री भीमसेनदास प्रधान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिय।
कार्यक्रमका विशेष अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी माननिय मन्त्री श्रीमती हरिप्रभा खड्गीको उपस्थिति रहेको थियाे। साथै, उपप्रमुख श्रीमती श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्य, सम्पूर्ण वडाध्यक्षहरू, नेपाल प्रहरी, बालाजु वृत्तका नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको उद्घाटन वडा नं. १ का वडाध्यक्ष श्री विदुर सापकोटाद्वारा स्वागत मन्तव्यका साथ कार्यक्रम सञ्चालन भएको थियो। तत्पश्चात् प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्यले वार्षिक नीति निर्माण तथा बजेट तर्जुमा सम्बन्धी कार्यक्रमका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिय।
कार्यक्रमको सञ्चालन तथा उद्घोषण तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा सो नगरपालिकाको वडा नं. -२ का वडाध्यक्ष श्री राधाकृष्ण खड्गीले गरेका थिय।।
अन्तर्क्रिया कार्यक्रमको उद्देश्य आगामी आर्थिक वर्षको बजेट तथा योजनाहरू सरोकारवाला निकायहरूसँग परामर्श गरी समावेशी र जनमुखी बनाउनु रहेको छ। सहभागीहरूबाट बहस, सुझाव र सल्लाहको आदानप्रदान भई नगरको भावी कार्यदिशा निर्माणमा महत्वपूर्ण आधार तय भएको आयोजकको भनाइ छ।