
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको २०८०/०८२ को कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न
सौराहारचितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको २०८०/०८२ को कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलो बाबु श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले मेटल तथा स्टील उद्यमीहरुको हकहितको लागि महासंघको तर्फबाट जस्तोसुकै परिस्थिति आएपनि आफूहरु अगाडि बढिरहेको बताउनुभयो । श्रेष्ठले राज्यले मेटल तथा स्टील उद्यमीहरुको समस्यालाई तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले संघ र मेटल समितिबीच नङ मासुको सम्बन्ध रहेको र आगामी दिनहरुमा समेत सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
त्यस्तै विशिष्ट ...