२३ भाद्र २०८१, आईतवार

अर्थवाणिज्य

१११ मेगावाटको रसुवागढी आयोजनामा धमाधम उपकरण जडान

१११ मेगावाटको रसुवागढी आयोजनामा धमाधम उपकरण जडान

अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं , रसुवा — उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ ।  भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालु आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् । भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्‌कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थ...
मासिक  ३० लाखभन्दा बढी आम्दानी गर्छन कृषि फर्मबाट किसानले,

मासिक ३० लाखभन्दा बढी आम्दानी गर्छन कृषि फर्मबाट किसानले,

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं । ताप्लेजुङ , फुङलिङ नगरपालिका–७, दोखुका दिलकुमार मेन्याङ्बोले कृषि र पशुपालन व्यवसाय सुरु गरेको १४ वर्ष पूरा भएको छ । पाथीभरा याङ्बरक गाउँपालिका थेचम्बु घर भएका मेन्याङ्बोले सुरुवातमा विद्यार्थी राजनीतिसँगै सदरमुकाम फुङलिङमा कपडा पसल गरेका थिए । कपडा पसलको कमाइ चित्तबुझ्दो नभएपछि ७५ हजारमा सुरु गरेको कृषि व्यवसायमा लाख हुँदै अहिले एक करोडभन्दा बढी लगानी छ । करिब एक सय २० रोपनी जग्गामा तीन दर्जन गाई र दुई दर्जन सुँगुरका माउ पालेर वार्षिक ३० देखि ४० लाख आम्दानी गर्न सफल भएको उनी बताउँछन् । त्यस्तै, सयवटा टनेलमा टमाटर खेती लगाएका छन् । ताप्लेजुङ सदरमुकाम नजिकै रहेको सयवटा टनेलमा टमाटर खेती गरेका उनले बजारबाट माग आउनेबित्तिकै टिपेर लैजाने गरेको बताए ।  मेन्याङ्बोको दैनिकी कृषि कर्ममै बित्छ । अखिल नेपाल विद्यार्थी संगठनको जिल्ला कमिटी अध्यक्ष हुँदै नेकपा एमाले ताप्...
आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौ । — साउन र भदौ महिनामा गत वर्षको समीक्षा अवधिको तुलनामा समग्र आयात १३ प्रतिशतले घटे पनि सोही अवधिमा पेट्रोलियम पदार्थको आयात भने ३४ प्रतिशत बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा कुल २ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । गत वर्षको यसै अवधिमा जम्मा ३४ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । रकमका आधारमा साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १६.७ प्रतिशत पुगेको छ । जबकि गत वर्षको साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा जम्मा १०.९ प्रतिशत मात्रै थियो । समग्रमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा कुल आयातमा यसको हिस्सा समेत बढेको देखिएको हो । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ । साउन र भदौमा धेरै आयात हुने वस्तुमा...
अबकाे केही दिनमै  भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

अबकाे केही दिनमै भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए । भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’ कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो । यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मू...
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
१३ कात्तिक, काठमाडौं । आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ । तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो । ...