११ श्रावण २०८१, शनिबार

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

जाजरकोट  । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका ९ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।जाजरकोट-डोल्पा सडकअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई श्रमिकको ज्यान गएको हो ।

६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बहराइच घर भएका अन्दाजी ४० वर्षीय कामदार पुरोस्लिम चमारको घटनास्थलमै र बहराइचकै अर्का कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमार छन् । घाइते हर्जनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते सातजनामध्ये क्रेनका २५ वर्षीय चालक नीरजकुमार चौधरी सामान्य घाइते भएका छन् । नवलपरासी घर भएका चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सन्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार, ५० वर्षीय मैकुकुमार गौतम र ५१ वर्षीय प्रशान्तम राज कुमार छन् ।

नलगाढ नगरपालिका १२ मा पर्ने बेलिब्रिज भाँचिएको हो । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।