११ श्रावण २०८१, शनिबार

नेकपाकाे जनपत्रिका लाेकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।बुधबार नेपाल बार एसाेसियसनकाे सभाहल रामशाह पथ काठमाडौंमा  नेकपाकाे  प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनपत्रिका विमोचन कार्यक्रम सम्पन्न भयकाे हाे ।कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपाका महासचिव बिप्लवले नेपालको परनिर्भर उत्पादन प्रणाली, प्रशासनिक पलायन, विभिन्न बहानामा पुँजी पलायन, बेरोजगारी र राजनीतिक अस्थिरताले नेपाल आर्थिक संकटतिर जान लागेको बताए।

उनले भने, ‘लघुवित्त, बैंक र मिटर ब्याजीहरुले जनताबाट विभिन्न बहानामा अकुत लुटेका छन्। देशको पुँजीलाई विभिन्न गैरकानुनी तवरले पलायन गराएका छन्। कृतिम बेरोजगारी सिर्जना गरेर देशका दक्ष जनसक्तिहरुलाई विदेश पलायन हुनुपर्ने बाध्यता  बनाएको छ। याे आजको ज्वलन्त संकट यहि हो ।’

आर्थिक संकट समाधानको एउटामात्र विकल्प आफूसँग भएको भन्दै अवसर पाए गरेर देखाउने बताए ।  उनले भने, ‘जनयुद्ध अघि बढ्दै गर्दा जनयुद्धलाई बिचैमा छोडियो, जनयुद्धको न्युनतम लक्ष्य नौलो जनवादमा नपुग्दै पछि हटियो । त्यसैको उपज आज नेपालमा न राजनीतिक स्थिरता भयो, न आर्थिक सम्बृद्धी नै । यसले झनै देशमा दुरदशा निम्त्यायो। यसको समाधान हामीसँग र वैज्ञानिक समाजवादमा छ ।’

शान्ति प्रक्रियाका कामहरु टुंगोमा पुर्याउन नसकेको भन्दै उनले गम्भीरमा लैजाने जिकिर गरे । समयमै सचेत नहुँदा जनयुद्धले ल्याएका उपलब्धीहरु उल्टिने खतरा रहेको बताउँदै उनले पत्रकारले यसको रक्षा गर्ने समय आएको बताए । ‘जनयुद्धमा पत्रकारहरुको भूमिका महत्वपूर्ण थियो । २०६२/६३ को जनआन्दोलनमा त उहाँहरु सडकमै आउनु भयो ।’, कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘पत्रकारहरुले यसको रक्षाका लागि पनि संघर्ष गर्ने बेला आएको छ । कानुन देखाएर प्रेस स्वतन्त्रता खोस्ने प्रयत्न भइरहेको छ । यसलाई रोक्न पर्छ । यो रोक्न हाम्रो पार्टीले के सहयोग गर्न पर्यो ? हामी सम्पूर्ण सहयोग गर्न तयार छौँ ।’

विप्लवले माओवाद मान्नेहरु एकजुट भएर दलाल पुँजीवादका विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । ‘हामी माओवाद मान्नेहरु एक जुट हुन जरुरी भइसकेको छ । हामीले २०६४ सालमा संसदीय व्यवस्थाबाट जाँदा जतिबेला पनि दुर्घटना हुनसक्छ भनेका थियौं ।’, उनले भने, ‘अहिले दुर्घटना नजिक पुगेको छ । आर्थिक संकटको मुख्य कारण यही हो । माओवादीहरु, अरु कम्युनिस्ट शक्तिहरु, राष्ट्रवादी शक्ति एक भएर संकटका विरुद्ध संघर्ष गर्नु पर्ने बेला भइसक्यो । ढिला गर्यौं भने अर्को समस्या आउँछ ।’

कार्यक्रममा बाेल्दै अर्का अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सत्तामा पुगेपछि नेतृत्वले पत्रकारिता जगतले खेलेको भूमिका विर्सिने गरेको बताएका छन् । उनले पत्रकार महासंघ र पत्रकारहरुले गणतन्त्र ल्याउन भूमिका खेलेको भन्दै सत्तामा पुगेपछि पत्रकारहरुको योगदान विर्सिएको बताए । ‘हामीले गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेल्यौं । तर नेतृत्वले यसलाई विर्सियो । ‘खोलो तर्यो लौलो विर्सियो जस्तै भएको छ । नेता बनाउने प्रेसबाट नेतृत्व भागिरहेको छ । यो राम्रो भएन ।’उनले सरकारमा रहेको नेतृत्वले प्रेस स्वतन्त्रताको नारा दिदैं पत्रकारिताको घाँटी निमाेठ्ने काम गरिरहेको प्रति आलोचना गरेका थिए । ‘भन्दाखेरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भनेको देखिन्छ । तर कानुन बनाएर प्रेसको घाँटी निमोठ्ने काम गरिन्छ ।’, उनले भने, ‘हामीले यसलाई रोक्नुपर्छ । ।’मिसन पत्रकारिता राजनीतिक परिवर्तनका लागि गरिने भएकाले यसको छुट्टै महत्व भएको बताए । उनले पत्रकारितासँग सम्बन्धित धेरै कानुनहरुमा त्रुटी रहेको भन्दै यसलाई सच्याउन आफूले सम्बन्धीत निकायलाई लेखेर पठाएको बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताएका थिय । विप्लव एक आर्दश पात्र हुुन । आदर्श पात्रले एक्लै गरेर सम्भव छैन ।’, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्यले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा छ । यसका लागि एकतावद्ध हुनपर्यो । पहल कदमी लिनु पर्यो । एकतावद्ध भएर पहलकदमी लिए जे पनि सम्भव हुन्छ ।’नेपालमा फेरी राजा फर्किएर जनताका समस्याहरुको समाधान नहुने भन्दै वैज्ञानिक समाजवाद निमार्णमा लाग्नुपर्ने जिकिर गरे । ‘नेपालमा राजा फर्किने सम्भावना छैन ।’, उनले भने, ‘वैज्ञानिक समाजवाद निर्माण नगरिकन जनताका समस्याहरुको समाधान छैन । वैज्ञानिक समाजवादमा राजनीतिक अस्थिरता हुँदैन । राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक संकट आयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीले नेपालको पत्रकारिता जनपत्रकारिता भन्दापनि धनपत्रकारितामा परिणत भएको बताए।उनले पत्रकारितामा तीन धार रहेको भन्दै पहिलो धारका विरुद्ध संघर्ष गर्नुपर्ने उनले सञ्चार माध्यमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा राजनितिक आर्थिक सामाजिक लगायत सबै क्षेत्रबाट माथि उठेर जनपक्षिय रूपमा कलम चलाउनु पर्ने बताए। आजको नेपालकाे मिडिया भौतिकरुपमा निकै बलियो र अन्तराष्ट्रिय मिडिया संग प्रतिस्पर्धा गर्नसक्ने उनको भनाई थियो। बताए । ‘नेपालमा पत्रकारिताका तीन धार छन । पहिलो हो कर्पोरेड धार, दोश्रो सानो लगानीमा संचालित मिडिया, तेश्रो जपक्षिय मिडिया ।’, ,उनले भने, ‘पहिलोले कालोधनलाई सेतो बनाएको छ, पत्रकारिताको बदनाम गरेको छ, समाचार लेखेर अथवा नलेखेर बार्गेनिङ गरिरहेको छ , हामीले यसका विरुद्ध संघर्ष गर्नुपर्छ ।’

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका महासचिव राेषन पुरिले पत्रकारितमा आउनु हुने सबैले राम्रो काम गरिरहनु भयकाे छ , राज्यले बिज्ञापन का दायरा घटायकाे छ , र पत्रकारिता जगत  संकटमा परेकाे छ र राज्यले स्थानीय पत्रकार, मिडिया हरुलाई प्राेत्सान दिनुका साथै बढुवा दिनेखालका कार्यक्रम ल्याउनु पर्ने बताय।लाेक कल्याणकारि बिज्ञापन समानुपातिक ढंगबाट बितरण गरिनु पर्ने बताय ।

कार्यक्रम नेकपा प्रकाशन तथा प्रचार प्रसार विभाग इन्चार्ज अनिल शर्माले  अध्यक्षता र प्रकाश डुम्रे ले संचालन गरेका थिय भने  उपपिस्थत सबैलाई पत्रिकाका व्यवस्थापक डिआर ले स्वागत गरेका थिए। कार्यक्रममा नेकपाका कार्यक्रता तथा अन्य पत्रकारहरुकाे सहभागीता थियाे ।