२०८३ श्रावण ३, आइतवार

मन्त्रालयले बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’२०७९ परिमार्जन गर्ने

काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी भएको बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ परिमार्जन गर्ने तयारी गरेको छ ।   मन्त्रालयमा मंगलबार बसेको बैठकले निर्देशिका परिमार्जनका गर्ने तयारी गरेको हो ।

मन्त्रालय स्रोत अनुसार दैनिक प्रचालनमा र अभ्यासमा रहेको कुरालई निर्देशिकाले बाधा नपार्ने बुँदा थपेर निर्देशिकालाई परिमार्जन गर्न लागिएको तूफान न्यूजलाई जानकारी दिएको छ । बैठकले निर्देशिका परीमार्जन गर्ने शिक्षा मन्त्रीलाई प्रस्ताव राख्ने र शिक्षा मन्त्रीको निर्देशन अनुसार अगाडी बढ्ने तयारीमा रहेको स्रोतको भनाई छ । तर ठ्याक्कै के परिमार्जन गर्ने भन्ने विषयमा अझै छलफलमा रहेको स्रोतले बतायो ।

शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख बासुदेव ओस्तीले यसबारे आफुलाई कुनै जानकारी नभएको बताय।