११ श्रावण २०८१, शनिबार

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् ।

महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन् । पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी मत ल्याउँछ उही विजयी हुने महासंघको विधानमा छ ।

विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ । एशोसिएट्सको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार हुन्छ । जिल्ला नगरतर्फ १ सय १७ मत खसेकोमा सघंईले ३९ मत,उमेशलाल श्रेष्ठले २८ र अञ्जन श्रेष्ठले ४७ मतमात्रै प्राप्त गरेका थिए ।

वस्तुगततर्फ खसेको कूल १ सय २३ मतमा सघंईले १२ मत, अञ्जनले ४१ मत र उमेशलाले ६९ मत प्राप्त गरे । एसोसिएटतर्फ संघईले ६ सय १३ मत ल्याए । अञ्जनले ५ सय ७३ र उमेश श्रेष्ठले ४ सय २६ मत प्राप्त गरे। महासंघको इतिहासमा त्रिपक्षीय भिडन्त पहिलोपटक भएको हो ।

महासंघमा यसअघि दुई पक्षीयबीच मात्रै चुनाव हुने गरेको थियो । सुरूमा अग्रता लिइरहेका संघई विधानअनुसार मतभार नकटेपछि बाहिरिएका थिए । जिल्लानगरतर्फ रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य उपाध्यक्षमा विजयी भए । उनले ४३ मत प्राप्त गरेर विजयी भए। निकटतम प्रतिस्पर्धी अञ्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीले ३७ मत पाए ।

वस्तुगतर्फ उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भए । ६१ मत ल्याएर ढकाल विजयी हुँदा निकटतम प्रतिस्पर्धी अन्जन प्यानलका मनिशलाल प्रधानले ५८ मत ल्याए । एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भइन् । उनले ८ सय ४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भरतराज आचार्यले ७ सय ८१ मत ल्याए । १९ जना एसोसियट सदस्यमा डा.रामशरण थपलिया १४४० मत ल्याएर सर्बाधिक मत ल्याउने सदस्यमा विजयी भए । मनोज पौडेल, अम्बिकाप्रसाद पौडेल, आनन्दकुमार बगेरिय, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई निर्वाचित भए ।

सुनिलनारायण श्रेष्ठ, हेमन्त गोल्छा अविनाश बोहोरा, गोपाल खनाल, देशबन्धु बस्नेत, प्रबलजङ पाण्डे उज्वलकुमार श्रेष्ठ, ऋषी अग्रवाल, जुना माथेमा, मुकुन्दप्रसाद तिमल्सिना, शक्तिकुमार बेगानी र सन्दिपकुमार अग्रवाल निर्वाचित भए । २९ जनाको उम्मेदवारी परेको थियो ।

जिल्ला नगरतर्फ ११ जना सदस्य उमेशलाल श्रेष्ठ प्यानलका र ७ जना अन्जन श्रेष्ठ प्यानलका निर्वाचित भएका छन् । सदस्यमा मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, ताराबहादुर कार्की, नविन रिजाल, कल्पना गैरे, उमेश डालमिया, उज्ज्वल प्रसाद कसजु, बेदबहादुर श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ (कोज), अब्दुल वाहिद मन्सुर, किशोरकुमार आचार्य, कृष्ण कटुवाल केशबप्रसाद भण्डारी, पुष्पराज कुँवर, गोकुल श्रेष्ठ, निरक केसी, अनिलकृष्ण श्रेष्ठ, दिपक नेपाल र निरक केसी निर्वाचित भए ।

वस्तुगततर्फ अरनीको राजभण्डारी, कमला श्रेष्ठ, डा., सुबोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, मनोज अधिकरी, रवीन पुरी, रामकृष्ण कार्की (राजु), लिलेन्द्रप्रसाद प्रधान, शिवप्रसाद घिमिरे, शोभा ज्ञवाली, हरिबहादुर कार्की विजयी भएका छन् । १४ जना पदका लागि २८ जनाको उम्मेदवारी परेको थियो ।