११ श्रावण २०८१, शनिबार

नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

जाजरकोट ।नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा चयन भएका छन् । बिहिबार जिल्ला सदरमुकाम जाजरकोट खलंगामा नेपाल गोजुरियो कराते दो संघको जाजरकोट शाखा गठन कार्यक्रमबाट अध्यक्षमा भेरि नगरपालिका वडा न. १ का प्रेम विश्वकर्मा चयन भयका हुन ।

जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमूख जय प्रसाद आचार्यको रोहबरमा बसेको बैठकले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा लोकराज शाही,सचिवमा प्रकाश घर्ति मगर र कोषाध्यक्षमा बिश्वक्रान्ति  शाही चयन भएका छन् । सदस्यमा जितेन्द्र बुढा,अर्जुन विक र लोकेन्द्र वि गरि सात सदस्य जिल्ला समिति गठन भएको अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् ।

जाजरकोटको कराते क्षेत्रको विकासमा अतुलनिय योगदान पुर्‍याउन , जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जय प्रसाद आचार्यले गठन भएको नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गरेका छन् । करातेसंगै जाजरकोटको समग्र खेल क्षेत्रको विकासको लागि नेपाल गोजुरियो कराते दो संघ जाजरकोट निरन्तर लागि रहने संघका जिल्ला अध्यक्ष विश्वकर्माले प्रतिबद्धता व्यक्त गरेका छन्।