११ श्रावण २०८१, शनिबार

कर्णाली प्रदेशको अर्थमन्त्रीमा जाजरकोटका वेदराज सिंह

सुर्खेत । कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीमा जाजरकोट क्षेत्र न १ बाट निर्वाचित संसद तथा नेपाली कांग्रेसका सभापति बेदराज सिंह चयन भयका छन ।

सिंह जाजरकोटका प्रखर वक्ता र प्रष्ट भिजन भयका युवा नेताकाे रुपमा प्रचित छन। उनले जाजरकोट क्षेत्र न १ बाट प्रदेश सभाकाे चुनावमा माओवादी केन्द्र संग गठबन्धन गरि बिजय भयका थिय ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत ‘क’बाट निर्वाचित सांसद खड्ग बहादुर पोखरेल, जाजरकोट प्रदेशसभा १ बाट निर्वाचित वेदराज सिंह र दैलेख–१‘ख’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरे पछि जाजरकोटका सिंह आर्थिक मामिला तथा अर्थमन्त्री बन्ने पक्का भयका हुन ।

पोखरेल सामाजिक विकासमन्त्री,  बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन् ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमतिअनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो ।