
सुर्खेत भेरी पुल नजिकै टिप्पर र फाेर्स गाडि ठाेक्किए,दुर्घटनामा ५ जना घाइते
सुर्खेत : सुर्खेतबाट दाङ जाँदै गरेकाे फाेर्स गाडी र छिन्चुबाट सुर्खेत आउदै गरेकाे टिप्पर एक आपसमा ठाेक्कियर दुर्घटनामा परेका छन ।
सुब्बाकुना–छिन्चु सडक खण्डको भेरीगंगा नगरपालिका–२ भेरी पुल देखि एक सय मिटर अगाडि माेडमा कर्णाली प्रदेश ०२–००१ क ००३७ नम्बरको टिप्परले कर्णाली प्रदेश ०२ ००१ ख ०४३८ नम्बरको फोर्स गाडी आज बिहान ठाेकियका हुन।
दुर्घटनामा वीरेन्द्रनगर–१२ बस्ने २९ वर्षीय फोर्स गाडीका चालक कमल रजा, राजपुर गाउँपालिका–२ दाङ बस्ने ३२ वर्षीय भुवन चौधरी, सिम्ता गाउँपालिका–६ बस्ने ३२ वर्षीय सरिता गरञ्जा, शारदा नगरपालिका–१ बस्ने ५० वर्षीय हेमराज बुढाथोेकी र वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २५ वर्षीय रामबहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढा थापाले जानकारी दिए ।
घाइतेहरूलाई प्रदेश अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको छ । टिप्परको ठक्करबाट फोर्स गाडी ...