११ श्रावण २०८१, शनिबार

सुर्खेतमा ट्याक्टर र बाइक ठाेकिँदा एकको मृत्यु, एक गम्भिर घाइते

सुर्खेत :  सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वाइक र ट्याक्टर ठाेकिदा वाइकमा सवार विरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ । जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर वजारमै एकआपसमा ठाेकिएको स्थानीयकाे भनाइ रहेको छ ।

माेटरसाइकल चालक वि न पा १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको इ.प्र.का. वादेपिपल राकमले बताएकाे छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा रहेका छन ।