३० जेष्ठ २०८३, शनिबार

Tag: नेपाल

आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालि...
आज श्रीकृष्ण जन्मअष्टमि मनाउदै

आज श्रीकृष्ण जन्मअष्टमि मनाउदै

Breaking News, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।...
नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।...
बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमबार वृक्षरोपण गरेको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र–उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीले आफ्नो कार्यालयपरिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन्। कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेकाे प्राधिकरणले जनाएको छ। जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रूख काट्ने मात्र होइन, रूख–बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ। प्राधिकरणको प्रधान...
डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, सचेत हुन डाक्टरको सुझाव

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, सचेत हुन डाक्टरको सुझाव

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गते सम्म आइ...
आज धान दिवश मनाउदै ,

आज धान दिवश मनाउदै ,

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण ...
आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । ...
नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र  दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९÷८० सुरु हुँदा अर्थात् गतवर्ष अस...
पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ । काठमाडौं– १३ कालीमाटीमा करिब सातआना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ । ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो । ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ । नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो । हालसम्म विभिन्न १२ जिल्लामा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार पाँच सय ६३ रोपनी जग्...
२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । २०७९ सालकाे (एसइई)काे नतिजा आगामी असार तेस्रो सातामा सार्वजनिक हुने भयकाे छ । गत चैत्र १७ देखि २९ गते सम्म संचालन भयकाे परिक्षामा कुल १२ हजार ८३ बिद्यालयबाट ४ लाख ८५ हजार ३९६ जनाले एसइई परीक्षा दियका हुन । जसमा छात्र २लाख ४२ हजार ६७४ र छात्रा तर्फ २ लाख ४२ हजार ७१२ जना परिक्षार्थी सहभागी थिय । र नेपाल सहित जापानमा पनि एसइई परीक्षा भयकाे थियाे । बाेर्डकाअनुसार अहिले उत्तर पुस्तिका परिक्षण गरेर नतिजा ल्याउने काम भईरहेकाे छ जम्मा ५१ वटा पुस्तिका परिक्षण केन्द्र ताेकियकाे थियाे ।र सबै परिक्षण केन्द्र बाट केन्द्रमा पुस्तिका ल्याउने काम भईरहेकाे छ । सबै केन्द्रबाट पुस्तिका प्राप्त भईसकेपछि कम्प्युटरमा प्रविष्ट गराउने परीक्षा नियन्त्रकले बताय। यसपटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कन सम्बन्धि कुन निर्देशिका अपनाउने  भन्ने बिषय अझै निर्केउल भयकाे छैन । शिक्षा बिज्ञान तथा प्रबिधि ...