२ कार्तिक २०८२, आईतवार

Tag: नेपाल

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, सचेत हुन डाक्टरको सुझाव

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, सचेत हुन डाक्टरको सुझाव

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गते सम्म आइ...
आज धान दिवश मनाउदै ,

आज धान दिवश मनाउदै ,

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण ...
आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । ...
नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र  दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९÷८० सुरु हुँदा अर्थात् गतवर्ष अस...
पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ । काठमाडौं– १३ कालीमाटीमा करिब सातआना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ । ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो । ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ । नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो । हालसम्म विभिन्न १२ जिल्लामा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार पाँच सय ६३ रोपनी जग्...
२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । २०७९ सालकाे (एसइई)काे नतिजा आगामी असार तेस्रो सातामा सार्वजनिक हुने भयकाे छ । गत चैत्र १७ देखि २९ गते सम्म संचालन भयकाे परिक्षामा कुल १२ हजार ८३ बिद्यालयबाट ४ लाख ८५ हजार ३९६ जनाले एसइई परीक्षा दियका हुन । जसमा छात्र २लाख ४२ हजार ६७४ र छात्रा तर्फ २ लाख ४२ हजार ७१२ जना परिक्षार्थी सहभागी थिय । र नेपाल सहित जापानमा पनि एसइई परीक्षा भयकाे थियाे । बाेर्डकाअनुसार अहिले उत्तर पुस्तिका परिक्षण गरेर नतिजा ल्याउने काम भईरहेकाे छ जम्मा ५१ वटा पुस्तिका परिक्षण केन्द्र ताेकियकाे थियाे ।र सबै परिक्षण केन्द्र बाट केन्द्रमा पुस्तिका ल्याउने काम भईरहेकाे छ । सबै केन्द्रबाट पुस्तिका प्राप्त भईसकेपछि कम्प्युटरमा प्रविष्ट गराउने परीक्षा नियन्त्रकले बताय। यसपटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कन सम्बन्धि कुन निर्देशिका अपनाउने  भन्ने बिषय अझै निर्केउल भयकाे छैन । शिक्षा बिज्ञान तथा प्रबिधि ...
दरवार हत्याकाण्ड २२ वर्ष : राजा बिरेन्द्रकाे स -परिवार हत्या भयकाे दिन जेठ १९

दरवार हत्याकाण्ड २२ वर्ष : राजा बिरेन्द्रकाे स -परिवार हत्या भयकाे दिन जेठ १९

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिए। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले ...
कृष्णसेन इच्छुक स्मृति दिवश, आज विभिन्न कार्यक्रम गरि मनाईदै

कृष्णसेन इच्छुक स्मृति दिवश, आज विभिन्न कार्यक्रम गरि मनाईदै

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरीआज मनाइने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग सम्बन्धित सञ्चार र संस्कृतिसँग सम्बन्धित सङ्गठनहरूको काठमाडौँमा बुधबार बसेको बैठकले जेठ १३ गते बिहान काठमाडौँ शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी इच्छुकको हत्या भएको स्थल महेन्द्र पुलिस क्लबअघि कोणसभा र कविगोष्ठी आयोजना गर्ने निर्णय गरेको हो । बैठकले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त आयोजनामा प्रभातफेरी, कोणसभा र कविगोष्ठी गर्ने निर्णय गरेको जनाइएको छ । प्रभातफेरी र गोष्ठीमा नेपाल पत्रकार महासङ्घ, सञ्चारसँग सम्बन्धित माओवादी धाराका विभिन्न सङ्गठन, सञ्चारकर्मी, संस्कृतिकर्मी, स्रष्टा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जवस, मोर्चा र पार्टी नेता...
आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धकाे

आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धकाे

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
केही दिनयतादेखि नक्कली भुटानी शरणार्थीकाण्डले नेपाली समाज र राजनीतिलाई निकै तरङ्गित र उद्वेलित गरिरहेको छ । विभिन्न आयामबाट घटनाको विश्लेषण र संश्लेषण भइरहेको छ । आआफ्नो वर्गदृष्टि, सूचना र ज्ञानको सीमाअनुसार जजसले जेजे परिभाषा अथ्र्याए पनि अन्ततः यो घटनाले संसदीय व्यवस्था र नेपाली राजनीतिको चरम जनघाती तथा राष्ट्रघाती चेहरालाई सर्वाङ्ग उदाङ्गो पारेको छ । नेपालको भूराजनीतिक संवेदनशीलता र नेपाली राजनीतिको अदूरदर्शितालाई सतहमा प्रकट गरिदिएको छ । हुनत भ्रष्टाचार र राष्ट्रघातका घटनाहरू नेपाली जनताका लागि कुनै नयाँ र पहिलो हुन छोडेको धेरै भैसक्यो । कोसी–गण्डक–महाकाली सन्धि, सुडान–लाउडा–वाइडबडी काण्ड, बालुवाटार–यती–ओम्नी काण्ड, एमसीसी इत्यादि अनेकौँ तमाम काण्डहरूमा कथित ठूला पार्टीका ‘शीर्ष’ नेताहरू, बडेमानका माफियाहरू र ‘उच्च ओहोदा’ का कर्मचारीहरूको भिलिभगत कहीँ–कतै लुकेको विषय नै होइन । कहीँ...
कक्षा १२काे वार्षिक परिक्षा आजदेखि सुरु ४लाख ६७ हजार बिद्यार्थीले परीक्षा दिने

कक्षा १२काे वार्षिक परिक्षा आजदेखि सुरु ४लाख ६७ हजार बिद्यार्थीले परीक्षा दिने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन् ग्रेडेड) आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् । अर्थात ती विद्यार्थीहरुले जति ...