२३ भाद्र २०८१, आईतवार

२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

काठमाडौं । २०७९ सालकाे (एसइई)काे नतिजा आगामी असार तेस्रो सातामा सार्वजनिक हुने भयकाे छ ।

गत चैत्र १७ देखि २९ गते सम्म संचालन भयकाे परिक्षामा कुल १२ हजार ८३ बिद्यालयबाट ४ लाख ८५ हजार ३९६ जनाले एसइई परीक्षा दियका हुन । जसमा छात्र २लाख ४२ हजार ६७४ र छात्रा तर्फ २ लाख ४२ हजार ७१२ जना परिक्षार्थी सहभागी थिय । र नेपाल सहित जापानमा पनि एसइई परीक्षा भयकाे थियाे ।

बाेर्डकाअनुसार अहिले उत्तर पुस्तिका परिक्षण गरेर नतिजा ल्याउने काम भईरहेकाे छ जम्मा ५१ वटा पुस्तिका परिक्षण केन्द्र ताेकियकाे थियाे ।र सबै परिक्षण केन्द्र बाट केन्द्रमा पुस्तिका ल्याउने काम भईरहेकाे छ । सबै केन्द्रबाट पुस्तिका प्राप्त भईसकेपछि कम्प्युटरमा प्रविष्ट गराउने परीक्षा नियन्त्रकले बताय।

यसपटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कन सम्बन्धि कुन निर्देशिका अपनाउने  भन्ने बिषय अझै निर्केउल भयकाे छैन । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले गत बर्ष अक्षरांकन सम्बन्धि निर्देशिका संशोधन गरेर सैद्धान्तिक तर्फ न्युनतम ३५ र प्रयाेगात्मक तर्फ ४० प्रतिशत ल्याउने ब्यवस्था गरेकाे थियाे । उक्त निर्देशिकाले ३५ भन्दा कम ल्याउनेलाई “नन् ग्रेडट”भनेर कक्षा ११ मा भर्ना हुने बाटाे बन्द गरेकाे थियाे । भने पुरानाे निर्देशिकाले २० अंक भन्दा कम ल्याउनेलाई “ई”मानेर ११ मा भर्ना हुने बाटाे खुलायकाे थियाे ।

गत बर्ष भने संशोधित निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा धेरै बिद्यार्थी अनुत्तीर्ण अर्थात नन् ग्रेडेेडमा पर्ने देखेपछि बाेर्डले पुरानै निर्देशिका बमोजिम नतिजा सार्वजनिक गरेकाे थियाे ।बाेर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक पुराने या संशोधन कुन निर्देशिका अपनाउने भन्ने बारे बाेर्डले निर्णय गरि सार्वजनिक गरिने बताय ।