२३ भाद्र २०८१, आईतवार

भेरि नगरपालिका जाजरकोटले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्याे

जाजरकोट ।जाजरकोटको भेरी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ  ।  जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने भेरी नगरपालिका पहिलो स्थानीय तह बनेको छ।पालिकाको परिचय, साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८) को “भेरी नगरपालिकाको परिचय” नामक पाठ्यक्रम निर्माण गरेको हो ।
स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिए ।
स्थानीय आवश्यकताका विषयवस्तु यहाँका नागरिकको अपनत्व हुने गरी परिवार, समाज, चाडपर्व, भेषभुषा लगायतका स्थानीय ज्ञान समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको उनले बताए । पाठ्यक्रममा तहगत सक्षमताको समेत व्यवस्था गरिएको छ ।
स्थानीय विषयवस्तु, स्थानीय आवश्यकता पहिचान गरी स्थानीय सहभागिता, र विज्ञताको संग्लनतामा पाठ्यक्रम विकास गर्ने र विद्यार्थीहरुमा स्थानीय ज्ञान, सिप,अभिवृत्तिको विकास गर्ने, श्रमको समान गर्ने भावनाको विकासको साथै स्थानीय पेशा, व्यवसाय,प्रविधि, मुल्य मान्यता, वातावरण संरक्षण तथा प्रवद्र्धन गर्ने पाठ्यक्रमको लक्ष्य रहेको प्रमुख पुनले बताए ।

यसै शैक्षिक सत्र बाट कार्यान्वयन हुने स्थानीय पाठ्यक्रम अनुसार कक्षा १ देखि ३ सम्म प्रत्येक कक्षाको लागि साप्ताहिक ५ पाठ्यघण्टा र बार्षिक १६० कार्यघण्टा हुने गरी स्थानीय पाठ्यक्रम कार्यान्वयनको व्यवस्था मिलाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले जानकारी दिए । यस्तै कक्षा ४ देखि ८ सम्म प्रत्येक कक्षामा साप्ताहिक पाठ्यघण्टा ४ र बार्षिक कार्यघण्टा १२८ तोकिएको छ । यस पाठ्यक्रममा सोही प्रावधान अनुसार समयावधि भित्र हासिल हुने गरी सक्षमता तथा कक्षागत सिकाई उपलब्धी र विषयवस्तु चयन गरिएको छ ।स्थानीय ज्ञान,सिप, सिर्जना तथा मुल्य मान्यताको विकास गर्नका लागि अनुभव आदानप्रदान, परियोजना तथा प्रयोगात्मक क्रियाकलाप र सिकाई अनुभवहरुको प्रतिविम्बन जस्ता विधि र प्रक्रियाबाट सिकाई सहजीकरण गर्नुपर्ने पक्षलाई जोड दिईएको शिक्षा शाखा प्रमुख पुनले बताए । विद्यार्थीहरुलाई उनीहरुले विभिन्न माध्यम बाट आर्जन र विकास गरेका ज्ञान,सिप र अभिवृत्तिलाई घर, विद्यालय तथा समुदायमा प्रयोग गर्ने खालका क्रियाकलापहरुलाई जोड दिई निर्माणात्मक र निर्णयात्मक मुल्यांकनका साधनहरुको माध्यमबाट उनीहरुले सिकाई उपलब्धी हासिल भए नभएको लेखाजोखा गरी सिकाई सुनिश्चित गरिदिने कुरालाई जोड दिइएको प्रमुख पुनले जानकारी दिए ।
आधारभुत तह ( कक्षा १—३) को पाठ्यक्रम ( एकीकृत पाठ्यक्रम) ले गरेको प्रावधानअन्तर्गत कक्षा १ देखि ३ सम्म सिकाईका लागि मुल्यांकन र कक्षा ४ देखि ८ सम्म आन्तरिक मुल्यांकनको लागि ५० प्रतिशत भार र बाह्य मुल्यांकनको लागि ५० प्रतिशत भार कायम गरी विद्यार्थीहरुले हासिल गरेका समग्र उपलब्धीहरुलाई निर्णयात्मक मुल्यांकनको रुपमा अभिलेख गरी अक्षराङक ( लेटर ग्रेटिङ) प्रद्धतिअनुसार विद्यालयले हासिल हासिल गरेको नतिजा प्रदान गरिने छ । सिकाईलाई बढी भन्दा बढी प्रयोगात्मक र सिपमुलक बनाई स्थानीय स्तरमा भएका विषयवस्तुसँग सान्दर्भिकृत गरी सहजीकरण गर्नुपर्ने कुरालाई यस पाठ्क्रमले समेटेको उनले बताए ।
स्थानीय विषयवस्तुको सहजीकरणको लागि स्थानीय विषयवस्तुसँग सम्बन्धित स्थानीय स्रोत व्यक्तिको सहयोगमा प्रयोगात्मक र परियोजनामा आधारित सिकाई क्रियाकलाप गराउने पक्षमा यस पाठ्यक्रमले जोड दिएको छ । सैद्धान्तिक ज्ञान भन्दा पनि दीर्घकालिन रुपमा भेरी नगरपालिकामा प्रभाव पार्ने किसिमका प्रयोगात्मक विषयवस्तुलाई समेटिएको हुनाले पाठ्यक्रममा भएका विषयवस्तुलाई सहजीकरण गर्दा प्रयोगात्मक,परियोजना कार्य,समस्या समाधान,क्षेत्र भ्रमण,सर्वेक्षण,खोज प्रर्दशन, प्रश्नोत्तर, छलफल आदि विधिको प्रयोग गरी सिकाईलाई बढी सान्दर्भिक र व्यावहारिक बनाउने पक्षलाई जोड दिईएको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले बताए ।भोली बाटै सबै स्कुलमा पठाउने तयारी भईरहेको समेत पुनले बताए ।