२ कार्तिक २०८२, आईतवार

Tag: नेपाल

शान्तिका अग्रदुतका रुपमा २५६७औं बुद्ध जयन्ती मनाइँदै

शान्तिका अग्रदुतका रुपमा २५६७औं बुद्ध जयन्ती मनाइँदै

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर...
एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।यूएईलाई ७ विकेटले हराउँदै नेपालले  एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए । लगतै कप्तान रोहितकुमा...
आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं।सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज छैठौं  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बतायका छ...
बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।...
बालबालिका लाई भिटामिन ए र जुकाकाे ओैँषधि खुवाउदै

बालबालिका लाई भिटामिन ए र जुकाकाे ओैँषधि खुवाउदै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं ।सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिट...
महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगरमा सुरकृष्ण वैद्य  विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएका छन । त्यसैगरी वैद्य  ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएकाे नि । वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औं वाषिर्क साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।...
जुछे विचार श्रमजीवी जन्ताकाे महान विचार हाे : पुर्व सभामुख महरा

जुछे विचार श्रमजीवी जन्ताकाे महान विचार हाे : पुर्व सभामुख महरा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं । उत्तर काेरियालि नेता किम इल सुङकाे १११ओैँ शुभ जन्माेत्सव तथा अन्तर्राष्ट्रिय जुछे विचार प्रतिष्ठान स्थापनाकाे ४५ ओैँ वर्ष गाँठकाे अवसरमा नेपाल जुछे विचार प्रतिष्ठानले बुधबार काठमाडौंकाे भृकुटीमण्डपमा रहेकाे नेपाल पर्यटन वाेर्डकाे सभा हलमा जुछे विचार सम्बन्धि राष्ट्रिय गाेष्ठि कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र का उपाध्यक्ष तथा पुर्व सभामुख कृष्ण बहादुर महराले जुछे विचार श्रमजीवी जन्ताकाे महान भयकाे कुरा ब्यक्त गरे । सिद्धान्त र ब्यवहारकाे तालमेल नहुनुले नेपाली राजनीति र अवस्था ओेझेलमा परेकाे बताय। महराले थप भने उत्तर काेरियाले छाेटाे समय भित्र महान बिचारकाे बिकाश र प्रयाेग गरेर  साम्राज्यवादी देशलाई चुनाैति दिईरहेकाे  उत्तर काेरिया एक बिशिस्ट महत्त्व बाेकेकाे समाजवादि मुलुक बन्न सफल भयकाले हामिले त्यस देश र त्यस देशका नेता बाट सिक्नु पर्ने कुरा ब...
नेपाल ९ रनले युएईलाई हराउँदै  विश्वकप छनोटमा

नेपाल ९ रनले युएईलाई हराउँदै विश्वकप छनोटमा

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।...
पाटन दरवार क्षेत्रमा हाेलि उत्सव रङ्ग दलेर आत्मियता साटासाट

पाटन दरवार क्षेत्रमा हाेलि उत्सव रङ्ग दलेर आत्मियता साटासाट

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
२२ फागुन, काठमाडौं । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो ।ललितपुरकाे पाटन  दरवार  कृष्णमन्दिर मा  होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् । पाटन दरवारका कृष्ण मन्दिर नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् भने कोहीले सेल्फी लिइरहेका छन् । पाटन दरवार क्षेत्रमा  होलीमा सधैं जस्तो यसपटक पनि व...
आशिफ र ज्ञानेन्द्रकाे  कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

आशिफ र ज्ञानेन्द्रकाे कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार
६ फाल्गुन काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको  मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्...