जाजरकोट । कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला बारेकाेट गाउपालिकामा सत्ता गठबन्धनको आमसभा सम्पन्न भयकाे छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा दुई दल : माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भयकाे छ । सभामा प्रमुख अतिथि शक्ति बहादुर बस्नेत र अन्य अतिथिहरुले सम्बाेधन गरेका थिय ।...
जाजरकोट । जाजरकोटमा एक लाख भन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटको तथ्यांक अनुसार १ लाख ३ हजार ३६३ मतदाता रहेका छन् । कार्यालयका निमित्त प्रमुख नविन कुमार कठायतका अनुसार कुशे गाउँपालिकामा ११ हजार ९ सय ५३ मतदाता छन् ।
जसमध्ये पुरुष ६ हजार ४ सय ६६ र महिला ५ हजार ४ सय ८७ छन् भने १७ वटा मतदान केन्द्र रहेका छन् । छेडागाड नगरपालिकामा २० हजार ६ सय २९ मतदाता रहेका छन् । महिला ९ हजार ६ सय २६ र पुरुष ११ हजार २ रहेका छन् भने २७ वटा मतदान केन्द्र छन्् । जुनीचाँदे गाउँपालिकामा ११ हजार ९ सय ४० मतदता रहेका छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ४० र महिला ५ हजार ५ सय छन् भने १८ वटा मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिकामा १६ हजार ४ सय २७ मतदाता रहेका छन् । पुरुष ८ हजार ७ सय २८ र महिला ७ हजार ६ सय ९९ छन् भने २२ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै, भेरी नगरपालिकामा सबैभन्द...
जाजरकोट ।पछिल्लो डेढ दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलबीच प्रतिस्पर्धा हुने गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि माओवादी केन्द्र मिसिएको छ । जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए । २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए ।
२०५१ मध्यावधि निर्वाचन हुँदा दुवै क्षेत्र कांग्रेसले जित्यो । १ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए । यस्तै २०५६ सालको आम निर्वाचनमा कांग्रेस नतिजा शून्य भयो । १ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जिते ।
कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्व...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १४ जनाकाे उम्मेदवारी परेकाे छ।प्रतिनिधि सभामा ६ र प्रदेश क मा ४ र ख मा पनि ४ गरि जम्मा १४ जनाकाे उम्मेदवारी परेकाे छ ।सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का उप महासचिवमा शक्ति बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन भने ,प्रदेश क बाट नेपाली कांग्रेस का जिल्ला सभापति बेद बहादुर सिंह र केन्द्रीय सदस्य समाजसेवी राजिव बिक्रम शाह लेे वारेसना मार्फत उम्मेदवारी दर्ता गरेका छन ।बर्षा का कारण छिन्चु - जाजरकोट सडक अबरुद्ध का कारण सिंहले महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठायर दर्ता गरायका हुन ।
बिपक्ष दल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि निरज आचार्य र प्रदेश क बाट डम्बर बहादुर सिंह र ख बाट खिम बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनालले प्र...
२३असाेज जाजरकोट । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा सत्ता गठबन्धनको सिट टुंगोमा पुगेकाे छ । प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का नेता शक्ति बहादुर बस्नेत र प्रदेश क बाट नेपाली कांग्रेसका नेता वेद बहादुर सिंह र ख बाट राजिव बिक्रम शाहकाे नाम सिफारिस भई उम्मेदवारी दर्ता का लागि आजै निर्वाचन अधिकृतको कार्यलयमा सबै नेता कार्यकर्ताहरुकाे दाैडधुप चलेकाे छ ।...
२३ असोज, जाजरकोट । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ ।
प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ ।
प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा राजिवविक्रम शाहलाई उम्मेदवार बनाएको छ ।
जाजरकोटमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ यूवा नेता निरज आचार्यलाई उम्मेदवार बनाएको छ । ०७४ मा वाम गठबन्धन हुँदा टिकट गुमाएका आचार्यले शक्तिलाई नै सघाएका थिए । तर यसपटक आचार्यले शक्तिसँगै प्रतिस्पर्धा गर्ने छन् ।
२०७४ मा प्रतिनिधि सभामा शक्तिसँग पराजित भएका कांग्रेसका राजिव विक्रम भने यसपटक प्रदेश सभामा झरेका हुन् ।...
जाजरकोट : जुनिचाँदे गाउपालिका वडा न ५ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ। उक्त कार्यक्रममा पुर्व जनप्रतिनिधिलाई सम्मान गरिएको थियाे र अति बिपन्न चार परिवारलाई दशै खर्चका लागि खाद्यान्न उपलब्ध गराईयकाे थियाे ।
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ । जल, जमिन, जडिबुटी र पर्यटन बिकासलाई सदुपयोग गर्न सके जाजरकोटलाई स्वर्गको टुक्रा जस्तै सुन्दर बनाउन सकिन्छ ।
जिल्लाको ८२ किलोमिटर भु–भागलाई छिचोल्दै गएको मध्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि सुर्खेत छिन्चु–जाजरकोट–डोल्पाको मोरिम तेञ्जे हँुदै तिब्वत जोडने त्रिदेशीय भेरी करिडोर, जाजरकोटको कुशे पाटन हँुदै कपिलवस्तु देखि दाङ, सल्यान, जुम्ला हुँदै मुगु जोड्ने लुम्बिनी–रारा पर्यटन मार्गले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जाजरकोटमा आकर्षित गर्न सकिन्छ । पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन काे सिटका लागि अझै टुंगोमा पुगेकाे छैन ।प्रतिनिधि सभाका लागि माओवादी केन्द्र काे दाबि छ भने , प्रदेश क. र ख. दुबै का लागि नेपाली कांग्रेस काे दाबि रहेकाे एक नेताले बताय ।
असाेज १५ , सनिवार , कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला अदालतमा आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना भयकाे हाे । प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने लगायत जिल्ला का कार्यलय प्रमुखहरुकाे सहभागितामा उक्त कार्यालयकाे स्थापना भयकाे जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।...