२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा १४ जनाकाे उम्मेदवारी दर्ता ।

जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १४ जनाकाे उम्मेदवारी परेकाे छ।प्रतिनिधि सभामा ६ र प्रदेश क मा ४ र ख मा पनि ४ गरि जम्मा १४ जनाकाे उम्मेदवारी परेकाे छ ।सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का उप महासचिवमा शक्ति बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन भने  ,प्रदेश क बाट नेपाली कांग्रेस का जिल्ला सभापति बेद बहादुर सिंह र केन्द्रीय सदस्य समाजसेवी राजिव बिक्रम शाह लेे वारेसना मार्फत उम्मेदवारी दर्ता गरेका छन ।बर्षा का कारण छिन्चु – जाजरकोट सडक अबरुद्ध का कारण  सिंहले  महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठायर दर्ता गरायका हुन ।

 बिपक्ष दल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि निरज आचार्य र प्रदेश क बाट डम्बर बहादुर सिंह र ख बाट खिम बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनालले प्रतिनिधि सभाका लागि र गणेश बटाला क र कृष्ण बहादुर शाहि ले ख बाट उम्मेदवारी पेस गरेका छन ।राष्ट्रिय स्वतन्त्र पार्टीका राज बहादुर शाहि र नेपाली कांग्रेस बिपिबाट झलक नाथ वाग्ले र स्वतन्त्र बाट प्रतिनिधि सभाबाट सामाजिक अभियान्ता लाईभ काेचर नर बहादुर कार्की र प्रदेश क बाट नेकपा एकिकृत समाजवादि पार्टीका जिल्ला अध्यक्ष कमान बहादुर खडका र ख बाट कृष्ण बुढाकाे उम्मेदवारी दर्ता भयकाे , जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।