२ कार्तिक २०८१, शुक्रबार

जाजरकोटमा एक लाख ३ हजार ३६३ मतदाता,१४२ मतदान केन्द्र

जाजरकोट । जाजरकोटमा एक लाख भन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटको तथ्यांक अनुसार १ लाख ३ हजार ३६३ मतदाता रहेका छन् । कार्यालयका निमित्त प्रमुख नविन कुमार कठायतका अनुसार कुशे गाउँपालिकामा ११ हजार ९ सय ५३ मतदाता छन् ।

जसमध्ये पुरुष ६ हजार ४ सय ६६ र महिला ५ हजार ४ सय ८७ छन् भने १७ वटा मतदान केन्द्र रहेका छन् । छेडागाड नगरपालिकामा २० हजार ६ सय २९ मतदाता रहेका छन् । महिला ९ हजार ६ सय २६ र पुरुष ११ हजार २ रहेका छन् भने २७ वटा मतदान केन्द्र छन्् । जुनीचाँदे गाउँपालिकामा ११ हजार ९ सय ४० मतदता रहेका छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ४० र महिला ५ हजार ५ सय छन् भने १८ वटा मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिकामा १६ हजार ४ सय २७ मतदाता रहेका छन् । पुरुष ८ हजार ७ सय २८ र महिला ७ हजार ६ सय ९९ छन् भने २२ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै, भेरी नगरपालिकामा सबैभन्दा बढी २१ हजार ९ सय ४ रहेका छन् । जसमा ११ हजार १ सय ८५ पुरुष, १० हजार ७ सय १८ महिला छन् । २ जना अल्पसंख्यक छन् भने २८ वटा मतदान केन्द्र छन् । बारेकोट गाउँपालिकामा ११ हजार २ सय २७ मतदाता रहेका छन् । महिला ५ हजार ३ सय ५२ रहेका छन् भने पुरुष ५ हजार ८ सय ७५ रहेका छन् । १५ वटा मतदान केन्द्र छन् । सबैभन्दा कम ९ हजार २ सय ८३ जना मतदाता शिवालय गाउँपालिकामा रहेका छन् । जसमा महिला ४ हजार ३ सय ७८ छन् भने पुरुष ४ हजार ९ सय ५ रहेका छन् । १५ वटा मतदान केन्द्र रहेका छन् ।