११ श्रावण २०८१, शनिबार

नेकपाको महाधिवेशनमा समूहगत छलफल सकिएपछि सुझावहरु राख्ने क्रम सुरु

महाधिवेशनको बन्दसत्रमा नेकपा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र विधान प्रतिवेदन तथा सचिवालय सदस्य सन्तोष बुढा मगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्तावमाथि सुझाव तथा टिप्पणी संकलन गर्न २० वटा समूह विभाजन गरिएको थियो ।

प्रत्येक समूहहरुले आ-आफ्नो एकजना समूह लिडर चयन गरेर सुझाव तथा टिप्पणीहरु संकलन गरेका छन् र उक्त समुह लिडरले पालैपालो सुझाव तथा टिप्पणीहरु प्रस्तुत गरिरहेका छन् ।

एउटा समूह लिडरलाई १५ देखि २० मिनेटको समय तोकिएको छ । समयको हिसाबले भोलिसम्म समूहका लिडरहरुले आफ्नो सुझावहरु पेश गर्ने देखिएको छ । सुझाव प्रस्तुत गर्ने क्रम सकिएपछि महासचिव विप्लवले सुझाव तथा उठेका विषयगको जवाफ दिने नेकपाले जनाएको छ ।

बन्दसत्रमा देशभरका जिल्ला, विभाग, मोर्चा, मञ्च, स्वयम्सेवक, कलाकार, प्रवास, विदेश विभाग लगायतका क्षेत्रबाट गरी करिब ७ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकहरु रहेका छन् । असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने छ ।