११ श्रावण २०८१, शनिबार

पिकनिक खान गएका एक जना युवा भेरीमा डुबेर मृत्यु, एक बेपत्ता, एक जनाको जीवितै उद्धार

जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने भेरी डुबेका एक जनालाई जीवितै उद्धार गरिएको छ ।

भेरी नगरपालिका ४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका विरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । उनका साथीहरुले उद्धार गरेका हुन् । रोशन र विरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारि रहेको डेथबडी निकाल्ने कार्य र बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक(भोज)को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका र बेपत्ताको खाजी तथा उद्धारका लागि तत्काल नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थल पठाईएको प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए ।