११ श्रावण २०८१, शनिबार

Tag: चितवन

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

Breaking News, खेल, समाचार
चितवन :चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे । पुरस्कार वितरण समार...
अन्तर प्रदेश राष्ट्रिय खेलकुद,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू

अन्तर प्रदेश राष्ट्रिय खेलकुद,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
चितवन :भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० सुरू भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसको उद्घाटन गरे।बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले पहिलो पटक अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गरेको हो। २०७८ र २०७९ सालमा प्रदेश स्तरीय खेलकुद आयोजना गरिएकोमा यस वर्षदेखि अन्तर प्रदेश खेलकुद सुरू गरिएको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए।क्रिकेट, फुटबल, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका प्रतियोगिता सञ्चालन हुनेछन्। आइतबार उद्घाटन कार्यक्रममा बैकुण्ठ मानन्धरसहितका चार जना ओलम्पियनहरूले ओलम्पिक टर्च बालेका थिए।खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगिता भने शनिबारबाटै सुरू भइसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भइरहेको अन्तर प्...
मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : हिजाे शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाकाे नाम खुलेकाे छ ।उनिहरु सबै जना एकै घरका परिवार हुन । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारी साधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटि...
चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

Breaking News, यातायात, समाचार
चितवन :चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।...
चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल राहत का सामाग्री सहित जाजरकोट आउदै

चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल राहत का सामाग्री सहित जाजरकोट आउदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भकम्प प्रभावित क्षेत्रमा आउन लागेकी हुन् । उनि भरतपुरबाट नेपालगन्ज हुँदै भोलि विहान भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गर्ने बुझिएको छ। भूकम्पबाट प्रभावित भएका जिल्ला जाजरकोट र रुकुमका सबै जसो स्थानीय तहमा पुगेर भूकम्प प्रभावित जनताको अवस्था बारे बुझ्न र उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिन मेयर दाहाल आफै सुटुक्क त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । भरतपुर महानगरले प्रारम्भिक रुपमा १ करोड सहयोग गरेको  छ। भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन भरतपुर महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ गरिसकेको छ । उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको त...
अखिल क्रान्तिकारी चितवनको भेला प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी चितवनको भेला प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) चितवन जिल्लाकाे एकता भेला,प्रशिक्षण र बैठक सम्पन्न भयकाे छ । बुधबार चितवनकाे सप्तगन्डकी बहुमुखी क्याम्पसमा सविन खड्काकाे संयाेजकत्वमा ३५ सदस्य  जिल्ला संगठन समिति निर्वाचित भयकाे हाे । भेलामा प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रिय संयाेजक मिलन राइ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज ध्रुव रावल, अखिल(क्रान्तिकारी) केन्द्रिय सह-संयाेजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्याैपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टि चितवन जिल्ला सह-संयाेजक दुर्गा सुवेदी, अखिल(क्रान्तिकारी) वागमती प्रदेश संयाेजक उषाकिरण "आजात", धादिङ जिल्ला संयाेजक बद्रि,अखिल(क्रान्तिकारी) सचिवालय सदस्य तथा उपत्यका पश्चिम कमान्डका सह- संयोजक विकल्प खत्रि लगायतका नेताहरुकाे आतिथ्यता रहेकाे थियाे। भेला सानदार रुपमा सम्पन्न भएकाे नव निर...
चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । चितवन ,तनहुँ र बारामा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि सुरु भयकाे हाे र साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष...
चितवन क्षेत्र न. २ मा २४ जनाकाे उम्मेदवारी दर्ता

चितवन क्षेत्र न. २ मा २४ जनाकाे उम्मेदवारी दर्ता

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् । अहिले आयोगले उम्मेदवारहरुको उम्मेदवारी दर्ता कानुनसम्वत भए नभएको हेरिरहेको आचार्यले जानकारी दिए । चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोध माथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आचार्यले बताए । चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमा भन्दा ४८० जना नयाँ मतदाता थपिएका छन्।...
भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
गैडाकाेट । नवलपुर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला “कंचन”ले “देशको भृकुटी कागज कारखाना सहित अन्य नेपाली  उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने” उदघाेष गरेका छन । शनिबार साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय समितिकाे जनसंघर्ष परिचालन समितिले नवलपुरकाे गैडाकाेटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नवलपुरकाे गैडाकाेटमा पुगेका बास्ताेलाले उक्त कुरा व्यक्त गरेका  थियोे । साथै उनले“विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भयो,देशका नेताहरू विदेशी डाँकाहरुकाे दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो,याे व्यवस्था संचालन गर्ने दलाल नाेक्करशाहि मालिकहरुकाे दिमागमा दलाल भएकै कारण यस्तो भएको”  “अब य...