११ श्रावण २०८१, शनिबार

मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

काठमाडौं : हिजाे शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाकाे नाम खुलेकाे छ ।उनिहरु सबै जना एकै घरका परिवार हुन ।

गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो ।

शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारी साधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।

मृत्युु हुनेमा चालकसमेत रहेका गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटीको निधन भएको छ ।

बेपत्ता बनेका दिवस शुक्रबार निधन भएका शंकरका छोरा हुन् । ७० वर्षीया जुनकिरी शंकरकी आमा हुन् । हरिमाया जेठी छोरी, अन्जना कान्छी छोरी र आगमन जुनकिरीको छोरी पट्टिका नाती हुन् । चालक अर्जुन जुनकीरीको ज्वाइँ हुन् । ‘अस्पतालमा रहेका शंकरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भनेपछि उहाँहरू हिजो काठमाडौं जानुभएको हो, उहाँको हिजै निधन भयो,’ परिवारका एक सदस्यले भने,‘दाहसंस्कारको काम सकेर फर्कँदै गर्दा यस्तो घटना भयो ।’