२३ भाद्र २०८१, आईतवार

Tag: चितवन

अब संसदमा काेहि पनि भ्रष्टाचार छिर्न नपाउने : रबि लामिछाने

अब संसदमा काेहि पनि भ्रष्टाचार छिर्न नपाउने : रबि लामिछाने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए । ‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भने, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’ लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरे । अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेल...
संचार कर्मि महाविर बिश्वकर्माकाे सवारी दुर्घटनामा मृत्यु

संचार कर्मि महाविर बिश्वकर्माकाे सवारी दुर्घटनामा मृत्यु

Breaking News, विज्ञान प्रबिधि, शिक्षा, समाचार
६ मंसिर काठमाडौं ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो । ३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ । चर्चित कार्यक्रम (वहकिने मन )का प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्...
मतदान गर्न चितवन पुगे प्रचण्ड ।

मतदान गर्न चितवन पुगे प्रचण्ड ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै चितवन पुगेका हुन्। उनले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नेछन्। चितवनको शिवनगरस्थित मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने उनको सचिवालयले जनाएको छ। चितवन जिल्ला निर्वाचन क्षेत्र नं। ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपरान्ह चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक सुर्य किरणले तस्बिर सेयर गर्दै भनेका छन्।  ...
राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

Breaking News, चुनाव, राजनीति, समाचार
चितवनमा क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ। घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार दुई दलका कार्यकर्ताबीच कुरिनटारबाट नारायणगढतर्फ जम्काभेट भएको थियाे । सवारीसाधन प्रयोग गर्दै र पैदलै प्रचार हिँडेका दुई पक्षबीच जम्काभेट हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेका थिए। ‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ', उनले भनिन्, 'त्यसपछि गठबन्धनका कार्यकर्ताले रास्वपका कार्यकर्ता सवार एउटा गाडीमा क्षति पुर्‍याएका छन्।' रवि नेतृत्वको रास्वपाका एकजना नेता दीपक बोहोराले सत्ता गठबन्धनले आफ...
खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ: चितवन

खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ: चितवन

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
चितवनको माडीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ। आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको हो। हत्यामा संलग्न आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको छ भने घटनास्थलमा खुकुरी भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।...
चितवनमा एमालेकाे उम्मेदवारी फिर्ता ।

चितवनमा एमालेकाे उम्मेदवारी फिर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
चितवन । चितवन ३ मा नेकपा ( एमाले ) ले उम्मेदवारी फिर्ता लिएकाे छ ।बुधबार एमालेका अध्यक्ष केपि शर्मा वलि काे हस्ताक्षर सहित जिल्ला अध्यक्ष राम प्रसाद न्याैपानेकाे उम्मेदवारी फिर्ता  लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यलय मा निवेदन आयकाे कार्यलय सायक अधिकृत पुर्षाेतम पाैडेलले जानकारी दियका हुन । एमाले केन्द्रीय कार्यलयबाट आयकाे  ईमेल  भेरिफाई भईसकेकाे पाैडेलले बताय । चितवन ३ मा उनी सहित २१ जनाकाे उम्मेदवारी दर्ता भयकाे थियाे ।गठबन्धनका तर्फबाट डा. भाेजराज अधिकारीले उम्मेदवारी दिएका छन । पुर्व कांग्रेस नेता जगन्नाथ पाैडेलले स्वतन्त्र बाट उम्मेदवारी दिएका छन । राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि साेहि क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन । एमालेले उम्मेदवारी फिर्ता लिय पनि कसलाई समर्थन गर्ने भन्ने अहिलेसम्म  जानकारी दिएकाे छैन । तर कांग्रेस केन्द्रीय सदस्य दिनेश काेईरालाले भन...
भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
चितवन : नेकपा (बहुमत) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिचौलियाहरूको मिलोमतोमा भारतबाट दूषित माछा ल्याएर खुलेआम बेचिरहेको भन्दै त्यसका विरुद्ध नेपाल मत्स्य व्यवसायी सङ्घले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ । नेकपा (बहुमत) चितवनका संयोजक विजय शर्माले विज्ञप्ति जारी गरी नेपाली उपभोक्ताको माग र आवश्यकताअनुसार गुणस्तरीय माछा उत्पादनका लागि नेपाली मत्स्य व्यवसायीहरू सक्षम रहेको अवस्थामा भारतबाट निकासी हुने हानिकारक विषादीको प्रयोग भएका, बिचौलियाका आडमा आएको माछाले नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने निश्चित रहेकाले यस्ताखाले माछा प्रवेश नगराउन सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् । संयोजक विजय शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राष्ट्रियता, जनजीविका र जनतन्त्रका लागि निरन्तर सङ्घर्षरत रही दलाल संसदीय व्यवस्थाक...