११ श्रावण २०८१, शनिबार

चितवनमा एमालेकाे उम्मेदवारी फिर्ता ।

चितवन । चितवन ३ मा नेकपा ( एमाले ) ले उम्मेदवारी फिर्ता लिएकाे छ ।बुधबार एमालेका अध्यक्ष केपि शर्मा वलि काे हस्ताक्षर सहित जिल्ला अध्यक्ष राम प्रसाद न्याैपानेकाे उम्मेदवारी फिर्ता  लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यलय मा निवेदन आयकाे कार्यलय सायक अधिकृत पुर्षाेतम पाैडेलले जानकारी दियका हुन । एमाले केन्द्रीय कार्यलयबाट आयकाे  ईमेल  भेरिफाई भईसकेकाे पाैडेलले बताय ।

चितवन ३ मा उनी सहित २१ जनाकाे उम्मेदवारी दर्ता भयकाे थियाे ।गठबन्धनका तर्फबाट डा. भाेजराज अधिकारीले उम्मेदवारी दिएका छन । पुर्व कांग्रेस नेता जगन्नाथ पाैडेलले स्वतन्त्र बाट उम्मेदवारी दिएका छन । राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि साेहि क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन । एमालेले उम्मेदवारी फिर्ता लिय पनि कसलाई समर्थन गर्ने भन्ने अहिलेसम्म  जानकारी दिएकाे छैन । तर कांग्रेस केन्द्रीय सदस्य दिनेश काेईरालाले भने एमालेले आफुलाई समर्थन गर्ने दाबि गरेका छन । काेईराला कांग्रेसका बागी उम्मेदवारी हुन । कांग्रेस सहित सत्ता गठबन्धनले उनलाई बुधबार १ बज्जे सम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिए पनि उनले फिर्ता लिएनन्।राप्रपा का पाण्डेले एमालेको समर्थन लिन खाेजे पनि सहमति भने भएको छैन ।