११ श्रावण २०८१, शनिबार

मतदान गर्न चितवन पुगे प्रचण्ड ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै चितवन पुगेका हुन्।

उनले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नेछन्। चितवनको शिवनगरस्थित मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने उनको सचिवालयले जनाएको छ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं। ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपरान्ह चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक सुर्य किरणले तस्बिर सेयर गर्दै भनेका छन्।