११ श्रावण २०८१, शनिबार

Tag: केपि शर्मा ओली

एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रप...
सत्ता केन्द्रित भएर भू-राजनीतिक सम्बन्ध बनाउनु हुँदैन : केपी ओली

सत्ता केन्द्रित भएर भू-राजनीतिक सम्बन्ध बनाउनु हुँदैन : केपी ओली

राजनीति, राष्ट्रिय, विचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थको लागि भू–राजनीतिक सम्बन्ध बिगार्नु नहुने बताएका छन ।नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले भू–राजनीतिक सम्बन्ध कुनै व्यक्ति वा सत्ता केन्द्रित नभएर देश र जनताको हितमा केन्द्रित हुनु पर्ने बतायका हुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेती जलविद्युत आयोजना चीनलाई दिँदा भारत रिसाएर बिजुली किन्दैन भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै ओलीले यस्ता अभिव्यक्ति नेपालको असंलग्न राष्ट्र नीतिको विपरीत रहेको कुरा ब्यक्त गरे । नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनुनहुने र नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन...
एमालेकाे रकमबाट माओवादी पार्टी चलेकाे थियाे : ओेलि

एमालेकाे रकमबाट माओवादी पार्टी चलेकाे थियाे : ओेलि

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन्।आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे’ ओलीले भने । शुक्रबार काठमाडौंमा भयकाे जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए । माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए । प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो । पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।...
विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा विचार बिहिन शक्तिको लहर चलेकाे बतायका छन । बिहिवार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओेलिले,भने कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा एमाले हुदै केहि ‘भइहाल्छ कि भनेर विभिन्न तत्वलाई लिएर आयौँ,नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाकठोक्किएजस्तो, निधार ठोक्किएजस्तो भय पछि फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’ जबजकाे दार्शनिक क्षमता,राजनैनिक क्षमता,वैचारिक क्षमता र रणकाैशलता लाई बचाउन सफल भयाै र हामी अगाडि बढेका छाै। ओलिले थप भने "जन्ताकाे बहुदलिय जनबाद तत्कालीन अवस्थामा सत्यमा र जन्तामा आधारित बिचार थिय...
तीन शिर्ष नेता बिच भेटवार्ता

तीन शिर्ष नेता बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । अहिले प्रधानमन्त्री,  देउवा र ओली  तीन शिर्ष नेता मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’ सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ । भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्...
राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’ एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’ तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।...
अल्पकालीन लाभ लिन कांग्रेसलाई राम्रो अनुभव रहेकाे , ओेलि

अल्पकालीन लाभ लिन कांग्रेसलाई राम्रो अनुभव रहेकाे , ओेलि

राजनीति
२२ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ‌ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको बताए । उनले संसद्‌मा कांग्रेले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकुल नभएको बताएका छन् । यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ उनले भने । अध्यक्ष ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि आह्वान समेत गरे । 'राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,' ओलीले भने, 'कम...
चुनावमा हुलदंगा गरेर मतदान गर्न बन्चित गरियाे : केपि शर्मा  ओली

चुनावमा हुलदंगा गरेर मतदान गर्न बन्चित गरियाे : केपि शर्मा ओली

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचन निर्वाचन जस्तै नभएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए । तपाईंहरुले एमाले पहिलो पार्टी भएन भन्नुभयो,’ ओलीले कार्यक्रममा भने, ‘तपाईँको गोजीमा भएको पैसा लुटेपछि तपाईँसँग कम भइहाल्छ नि, गठबन्धनले लुटेको छ ।’ चुनावमा मान्छे मर्दा पनि नबोलेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको पनि आलोचना गरे ।...
आफुले आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरु ।

आफुले आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरु ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
आज (मंसिर ४ गते) देशभर एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन आयोगका अनुसार अहिले बिहान ७ बजे सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। सामान्य मतदाताले जस्तै दलका शीर्ष नेता एवं उम्मेदवारले पनि आज मतदान गर्न पाउनेछन्। तर केही नेताले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा. शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन्। मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपर्ने भएको हो।...
कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता  : ओली

कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता : ओली

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन्। एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए। सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उनले भने, ‘यसलाई सुगम गर्न जरुरी छ। सुगम बनाउन सजिलो पनि छैन।’ अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए। ‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उनले भने, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ।’ अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताए। ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, ...