२३ भाद्र २०८१, आईतवार

अल्पकालीन लाभ लिन कांग्रेसलाई राम्रो अनुभव रहेकाे , ओेलि

२२ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ‌ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको बताए । उनले संसद्‌मा कांग्रेले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकुल नभएको बताएका छन् ।

यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ उनले भने ।

अध्यक्ष ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि आह्वान समेत गरे । ‘राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,’ ओलीले भने, ‘कम्तीमा २०५२, २०५८ र २०७ सालको अनुभवहरु छन् । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैलाई फाइदा हुँदैन ।’