२ कार्तिक २०८१, शुक्रबार

आज स्वस्थानी व्रत समापन

२२ माघ काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि आईतवार नै व्रत समापन गर्दैछन् ।

स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट पाटन मन्दिर र कृष्ण मन्दिर  लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत रहने चलन  रहेको पाटन बंगलामुखि र कृष्ण मन्दिरमा  विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा व्रत बसि आज माटाेकाे भाडामा  जलाउने चलन रहेकाे छ ।