२३ भाद्र २०८१, आईतवार

आफुले आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरु ।

आज (मंसिर ४ गते) देशभर एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन आयोगका अनुसार अहिले बिहान ७ बजे सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

सामान्य मतदाताले जस्तै दलका शीर्ष नेता एवं उम्मेदवारले पनि आज मतदान गर्न पाउनेछन्। तर केही नेताले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा. शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन्।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपर्ने भएको हो।