११ श्रावण २०८१, शनिबार

सत्ता केन्द्रित भएर भू-राजनीतिक सम्बन्ध बनाउनु हुँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थको लागि भू–राजनीतिक सम्बन्ध बिगार्नु नहुने बताएका छन ।नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले भू–राजनीतिक सम्बन्ध कुनै व्यक्ति वा सत्ता केन्द्रित नभएर देश र जनताको हितमा केन्द्रित हुनु पर्ने बतायका हुन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेती जलविद्युत आयोजना चीनलाई दिँदा भारत रिसाएर बिजुली किन्दैन भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै ओलीले यस्ता अभिव्यक्ति नेपालको असंलग्न राष्ट्र नीतिको विपरीत रहेको कुरा ब्यक्त गरे ।

नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनुनहुने र नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन नहुने ओलीको भनाइ छ ।

नेपाल र नेपालीको हित हुने खालको सहयोग जसले बढी दिन्छ त्यसबाट लिनु पर्ने ओलिकाे जवाफ थियाे । ‘हाम्रो विकास हामीले निर्बाध ढङ्गले गर्न पाउनुपर्छ, बिरालो कालो होस् कि, सेतो होस्, मुसा मार्ने हुनुपर्छ’ ओलीले भने ।

भारत, चीन वा अरू कुनै पनि मुलुकले नेपाल र नेपालीको हित हुने गरी गरेको सहयोग लिनु पर्ने र नेपालको हित हुने र नेपालको प्राथमिकतामा रहेका सबै खालको सहयोग लिनु पर्नेमा अध्यक्ष ओेलिकाे  जोड थियाे। छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर सोच्नु नहुने पनि बताय । नेपाल सार्वभौमसत्ता सम्पन्न असंलग्न नीति बोकेको मुलुक भएकोले सबैसँगको सम्बन्ध पनि असंलग्न हुनु पर्नेमा अध्यक्ष एमाले अध्यक्ष ओेलिकाे थियाे। कार्यक्रममा पार्टीका महासचिव प्रदिप ज्ञवालीले संचालन गरेका थिय भने विभिन्न मिडिया कर्मिहरुले प्रश्न र जिज्ञासाहरु राखेका थिए।