११ श्रावण २०८१, शनिबार

मेलम्चीकाे पानी माघ पहिलाे साता काठमाडौं पुग्ने

काठमाडौं :मेलम्चीको पानी माघ पहिलाे साता काठमाण्डु आउने  जनाइएको छ ।

खानेपानी विकास समितिले आगामी माघ पहिलाे सातामा काठमाण्डुमा पानी वितरण हुने जनाएको हो । त्यस विषयमा आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएको एक विज्ञप्ति उल्लेख गरियकाे छ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा गत मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिबोर्ड बैठकले सो निर्णय गरेको हो ।
बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय गरेको छ ।  काठमाडौं छिटाे पानी ल्याउन दुई सिफ्टमा द्रूत गतिमा काम गर्न ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ ।

२०७७/ चैत २० गते तत्कालीन राष्टपति बिद्यादेवि भण्डारीले मेलम्ची खाने पानी आयाेजना उद्घाटन गरे पछि काठमाडौं,भक्तपुर र ललितपुरका केहि ठाउँमा  मेलम्चीकाे पानी पुगेकाे थियाे ।

गत असार ८ गते वर्षायामको जोखिमलाई मध्येनजर गरी सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमा साउन २८ र २९ गते मेलम्ची नदीमा ठूलो बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको थियो । पहुँच सडक समेत क्षतिग्रस्त भएकाले पानी ल्याउने काम हुन बन्द भयकाे थियाे । मेलम्ची पानी बन्द भय पछि ईनारकाे पानी पनि सुके पछि राजधानी बासिहरु पानिकाे निकै समस्या देखियकाे बताउछन ।