२३ भाद्र २०८१, आईतवार

मा.बि.तह तृतीय श्रेणी शिक्षक पदका लागि आज विज्ञापन हुँदै

काठमाडौं :शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाअन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन आह्वान गर्ने भएको छ ।

विज्ञापन आज विहान १० बजे आयोगले आफ्नो वेबसाइटमा जनाएको छ।

आयोगका अनुसार नेपाली, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, गणित, सामाजिक शिक्षा, संस्कृत र कम्प्युटर विज्ञान विषयका लागि आवेदन आह्वान गरिने भएको छ ।

आयोग सूत्रले दिएको जानकारीअनुसार ४३५ पदका लागि विज्ञापन आह्वान हुनेछ । सबैभन्दा बढी सामाजिक शिक्षामा आवेदन माग गरिने भएको छ ।

वेबसाइटमा विज्ञापन डाउनलोड गरिएलगत्तै आवेदन भर्न पाइने सुविधा उपलब्ध गराइनेछ । माघ ८ गतेसम्म आवेदनको म्याद दिइने र दोब्बर दस्तुरका लागि माघ १५ गतेसम्म अवधि रहने जनाइएको छ ।

आयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।