२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारी युवा संगठनले भाेलि पाैष १० गते लाल मार्च सभा गर्दै

काठमाडौं :माेहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भोलि (पौष १० गते) काठमाडौंमा विशाल लाल मार्चपासको आयोजना गर्दैछ ।युवा मार्चपासमा हजारौ क्रान्तिकारी युवाको सहभागिता हुने संगठनका अध्यक्ष  हरिश भट्टले जानकारी दिए । मार्चपासलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष भट्टले बताय।

रत्नपार्कस्थित खुल्लामञ्चमा जम्मा भएर युवा मार्चपास सुरु हुने र नगरपरिक्रममा गरेर शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत हुने बताइएको छ ।

भोलि डिसेम्बर २६ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान नेता माओको १३१ ओैं जन्मदिवस समेत रहेकोले माओ दिवसको अवसर पारेर युवा मार्चपासको आयोजना गरिएको सम्बद्ध संगठनले जनाएको छ ।

गत पुस ३ गते संगठनले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष २० बुद्धे माग पत्र पेश गरेकाे  थियाे र उक्त माग पत्रमा उल्लेख मागहरु पूरा नभयमा थप संघर्षका कार्यक्रम हरु बढाउने बताएको छ। लाल मार्चका लागि सबै प्रदेश बाट युवाहरु काठमाडौं केन्द्रीकृत हुदैछन् ।