४ बैशाख २०८३, शुक्रबार

Tag: काठमाडौं

नयाँ शैक्षिकसत्र वैशाख १५ देखि, २१ गते देखि विद्यालयमा पठनपाठन सुरु

नयाँ शैक्षिकसत्र वैशाख १५ देखि, २१ गते देखि विद्यालयमा पठनपाठन सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन र २१ गतेदेखि विद्यालयहरुमा पठनापाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो । केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ । यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना चलाउँथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गराउँदै आएकामा अबदेखि सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक...
काठमाडौकाे तार्केश्वरमा पहिलाे पटक घाेडेजात्रा महाेत्सव सम्पन्न

काठमाडौकाे तार्केश्वरमा पहिलाे पटक घाेडेजात्रा महाेत्सव सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाण्डौं । तारकेश्वर नगरपालिका काठमाडौंको आयोजनामा वडा नं ८ डाँडागाँउ स्थीत पिपलडाँडा खेलमैदानमा "प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव २०८२" सम्पन्न भएको छ । घोडेजात्रा पर्व परम्परागत रूपमा नेपाली सेनाले मात्र टुडीखेलमा आयोजना गदै आएपनि यसपटक तारकेश्वर नगरपालिकाले त्यो परम्परालाई तोड्दै ७५३ पालिकामानै आयोजना हुन नसकेको घोडेजात्रा कार्यक्रम आयोजना गरेर नयाँ इतिहाँस रचेको छ । महोत्सवमा घोडा दौड, रिले दौड, सो जम्प, सिक्स बार, वोल्डिङ, हैंगिङ, र म्यूजिकल राइड्स जस्ता विविध घोडाचढी सम्बन्धी खेलहरू प्रदर्शन गरिएको थियो । स्थानीय सरकारले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रमले सबैलाई सांस्कृतिक पहिचानको गर्व दिलाउनुका साथै तारकेश्वरको सांस्कृतिक धरोहरलाई एक नयाँ उचाइमा पुर्याएको छ । घोडेजात्राको अवसरमा एभरेष्ट हर्स राईडिङ एण्ड बग्गी सभिर्सेजको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सो जम्प तर्फ संय...
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुदैछ

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुदैछ

Breaking News, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं : काठमाडौँको तार्केश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते आज दिउसाे १ बजे देखि तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ । ‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवलाई सफल बनाउन उपत्यकाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिध...
वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौं : काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहोर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख...
‘फेक माउन्टेन रेस्क्यु’को जालो : रामप्रसाद सापकोटाको पुस्तकले उठाएको प्रश्न

‘फेक माउन्टेन रेस्क्यु’को जालो : रामप्रसाद सापकोटाको पुस्तकले उठाएको प्रश्न

समाचार
  काठमाडौँ । नेपालको हिमाली पर्यटनसँग जोडिएको हेलिकप्टर उद्धार सेवा पछिल्लो समय विवादको केन्द्रमा परेको छ। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको कृति ‘आधा शताब्दी’ मा उल्लेख गरिएका अनुभव र तथ्यहरूले तथाकथित ‘फेक माउन्टेन रेस्क्यु’ अर्थात नक्कली उद्धारको जालोबारे गम्भीर प्रश्न उठाएका छन। उनका अनुसार उद्धार सेवाभित्र बिचौलिया, केही हेलिकप्टर कम्पनीका एजेण्ट र निजी अस्पतालबीचको मिलेमतोले पर्यटन क्षेत्रको विश्वसनीयतामाथि असर पारिरहेको छ। विशेषगरी सगरमाथा क्षेत्र र लुक्लाबाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर सेवाको माग अत्यधिक हुने गर्दछ। तर उद्धारको स्पष्ट र एकरूप दर नतोकिँदा भाडा मनपरी निर्धारण हुने र बढी रकम तिर्न सक्नेले प्राथमिकता पाउने ‘अदृश्य प्रणाली’ विकास भएको आरोप छ। यसले पारदर्शिता र समान पहुँचको सिद्धान्तलाई चुनौती दिएको सापकोटाले उल्लेख गरेका छन। अझ चिन्ताजनक विषय भनेको...
गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा  र पुष्पा भुसाल उपसभापति

गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका छन् ।विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले...
नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सम्पन्न,आजै मत परिणाम सार्वजनिक गरिने

नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सम्पन्न,आजै मत परिणाम सार्वजनिक गरिने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सकियाे । आजै मत परिणाम सार्वजनिक गरिने । ८० वटा इलेक्ट्रोनिक मेसिनबाट बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो । दुई हजार दुई सय ६३ प्रतिनिधि चयन भएका थिए। तर शतप्रतिशत भोट भने खसेको छैन ।२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’ आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ । ...
काठमाडौंबाट पाेखरा उडेको बुद्धएयरकाे विमानमा चरा ठाेक्कियाे

काठमाडौंबाट पाेखरा उडेको बुद्धएयरकाे विमानमा चरा ठाेक्कियाे

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । काठमाडौंबाट पाेखराका लागि उडान रहेकाे विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा उक्त  जहाजसँग चरा ठोक्किएको हो । बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।जहाजमा उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।...
कर्णालीका पत्रकार दिपेन्द्र शर्माकाे “युद्ध पत्रकारिता” पुस्तक विमाेचन भयकाे छ

कर्णालीका पत्रकार दिपेन्द्र शर्माकाे “युद्ध पत्रकारिता” पुस्तक विमाेचन भयकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
काठमाडौ :पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल,राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए । जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रह...
कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ:नेपालका सम्पूर्ण कम्युनिस्ट,वामपन्थी पार्टीहरुकाे समूहको सहभागितामा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ ।२० वर्षदेखि अभियान सञ्चालन गर्दै आएको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका साथमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र माणिक लामा प्रतिष्ठानको साथमा शनिबार काठमाडौँबाट महाअभियान आरम्भ भएको घोषणा गरिएको हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको अभियन्ता अशोक सुवेदीले बताए । महाअभियान आरम्भ गर्न ८९ वर्षीय वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीदेखि गङ्गालाल–पुष्पलालका ९३ वर्षीय भाइ विजयलाल श्रेष्ठसम्म पर्यटन बोर्डको सभाकक्षमा पुगेका थिए । अभियान आरम्भ गर्न सहिदहरूका सम्मानमा सहिद परिवारका सदस्यहरू सरला रेग्मी, लक्ष्मी पौडेल, इन्द्रकला राई र राम वहादुर सिंह( रेडियम)का साथमा वयोवृ...