६ पुष २०८२, आईतवार

Tag: काठमाडौं

नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सम्पन्न,आजै मत परिणाम सार्वजनिक गरिने

नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सम्पन्न,आजै मत परिणाम सार्वजनिक गरिने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सकियाे । आजै मत परिणाम सार्वजनिक गरिने । ८० वटा इलेक्ट्रोनिक मेसिनबाट बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो । दुई हजार दुई सय ६३ प्रतिनिधि चयन भएका थिए। तर शतप्रतिशत भोट भने खसेको छैन ।२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’ आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ । ...
काठमाडौंबाट पाेखरा उडेको बुद्धएयरकाे विमानमा चरा ठाेक्कियाे

काठमाडौंबाट पाेखरा उडेको बुद्धएयरकाे विमानमा चरा ठाेक्कियाे

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । काठमाडौंबाट पाेखराका लागि उडान रहेकाे विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा उक्त  जहाजसँग चरा ठोक्किएको हो । बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।जहाजमा उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।...
कर्णालीका पत्रकार दिपेन्द्र शर्माकाे “युद्ध पत्रकारिता” पुस्तक विमाेचन भयकाे छ

कर्णालीका पत्रकार दिपेन्द्र शर्माकाे “युद्ध पत्रकारिता” पुस्तक विमाेचन भयकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
काठमाडौ :पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल,राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए । जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रह...
कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ:नेपालका सम्पूर्ण कम्युनिस्ट,वामपन्थी पार्टीहरुकाे समूहको सहभागितामा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ ।२० वर्षदेखि अभियान सञ्चालन गर्दै आएको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका साथमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र माणिक लामा प्रतिष्ठानको साथमा शनिबार काठमाडौँबाट महाअभियान आरम्भ भएको घोषणा गरिएको हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको अभियन्ता अशोक सुवेदीले बताए । महाअभियान आरम्भ गर्न ८९ वर्षीय वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीदेखि गङ्गालाल–पुष्पलालका ९३ वर्षीय भाइ विजयलाल श्रेष्ठसम्म पर्यटन बोर्डको सभाकक्षमा पुगेका थिए । अभियान आरम्भ गर्न सहिदहरूका सम्मानमा सहिद परिवारका सदस्यहरू सरला रेग्मी, लक्ष्मी पौडेल, इन्द्रकला राई र राम वहादुर सिंह( रेडियम)का साथमा वयोवृ...
जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :सरकारले सामाजिक संजाल प्रतिबन्द गरे पछि काठमाडौं लगायत देशका विभिन्न भागमा युवाहरुले आन्दोलन गरिरहेका छन, आन्दोलनका क्रममा १९ जनाकाे ज्यान समेत गयकाे छ भने चार सय भन्दा बढि घाइते अवस्थामा विभिन्न हस्पिटलहरुमा उपचार भईरहेकाे छ । ( जेन- जि) युवा पुस्ता आन्दोलन देशमा भईरहेकाे भ्रष्टाचार बेतिथिका बिरुद्धमा हाे,युवा पुस्तालाई उक्सायर कसैलाई सत्तामा पुग्नु छ भने कसैलाई सत्ताकाे आयु लम्बाइ राख्नु छ। याे आन्दोलनकाे अगुवाइ कस्ले गरेकाे थियाे र जिम्मा लिने कसले हाे ? याे पनि थाहा छैन । विभिन्न पार्टी, संघ संस्था र ब्यक्तिहरुले विज्ञप्ति र सामाजिक संजाल मार्फत आफ्ना धारणा ब्यक्त गरेका छन । आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजि सम्पतिकाे ठुलाे क्षति भयकाे छ । गृहमन्त्री रमेश लेखकले राजिनामा दियका छन । संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध सामाजिक संजाल खुला रहेकाे जानकारी दिईसकेक...
ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाण्डाैं :कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम भयकाे छ।कपाली समाज केन्द्रकाे ३०ओैं स्थापना दिवसका अवसरमा  जाेगिंपाकाे कुश्लेचाैर स्थित समाधि स्थलमा वृक्षरोपण गरि स्थापना दिवस मनाईयकाे हाे । उक्त वृक्षाराेपण कार्यक्रम जाेगिंपाकाे कुश्लेचाैर स्थित कपाली समाधि स्थलमा गरिएकाे छ र असारकाे यहि साता सम्म पचली टेकु स्थित कपाली समाधि स्थल र स्वयम्भू कपाली समाधि स्थलमा पनि वृक्षाराेपण गर्ने जानकारी दिनु भएकाे छ। समाजकाे केन्द्रीय कार्य समिति गुठीका मूल नाईके ज्यूहरू पशुपति कपाली समाज, भक्तपुर कपाली समाज,यल कपाली समाज चित्लाङ्ग कपाली समाज र अन्य केही समाज र कपालीहरू मिलेर जम्मा १११वटा विभिन्न जातका बाेट बिरूवाहरू राेपी वृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएकाे हाे। वृक्षाराेपण गर्नकाे लागि वन तथा भूसंरक्षण बिभाग हात्तिसार डिभिजन कार्यालय र वन बीउ प्रयाेगशाला तथा भण्डारण के...
एघार कम्युनिस्ट पार्टीले अमेरिकी युद्धकाे विरुद्धमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन

एघार कम्युनिस्ट पार्टीले अमेरिकी युद्धकाे विरुद्धमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : नेपालका एघार कम्युनिस्ट पार्टीले इरान र प्यालेस्टाइन माथिकाे अमेरिकी र इजरायली आक्रमणकाे घाेर निन्दा गर्दै  अन्तरक्रिया कार्यक्रम गरेका छन्।साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रममा रामप्रसाद पुरी–नेकपा मसाल, अग्नि सापकोटा –नेकपा माओवादी केन्द्र, सङ्गीत श्रोता –राजनीतिक सम्वाद थलानी, राजेस्वरी सुवेदी – बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , चित्रबहादुर केसी– राष्ट्रिय जनमोर्चा , धर्मेन्द्र बास्तोला – नेकपा (बहुमत), चिरन सी – नेपाल कम्युनिस्ट पार्टी , घनस्याम भुसाल – नेकपा एकीकृत समाजवादी समेतले मन्तब्य राखेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ ले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको तर इरानको सरकार सही छ भनेर होइन, इरानको सार्वभौमिकतामाथि आक्रमण गरिएकोले समर्थन गरेको बताएका छन् ।“इरान...
काठमाडौं-चक्रपथ कलंकी काेटेश्वर खण्डको नव निर्मित ग्वार्काे फ्लाई ओभर उद्घाटन

काठमाडौं-चक्रपथ कलंकी काेटेश्वर खण्डको नव निर्मित ग्वार्काे फ्लाई ओभर उद्घाटन

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
ललितपुर :काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभर (ओभरपास) आज देखि उद्घाटन गरियकाे छ ।शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास रिबन काटेर उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । २०७७ साल देखि कल्पना गरियकाे उक्त सडकलाई केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर, तोकिएको समयमा निर्म...
फेसबुकमा भावुक स्टाटस् छाेडेर बेपत्ता भयका डा. श्रेष्ठ बालाजुमा भेटिए

फेसबुकमा भावुक स्टाटस् छाेडेर बेपत्ता भयका डा. श्रेष्ठ बालाजुमा भेटिए

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठ बालाजुमा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही बेरअघि उनी बालाजुमा भेटिएका हुन् । परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार श्रेष्ठलाई परिवारको जिम्मा लगाइँदैछ । डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा 'अलबिदा' लेखेर सम्पर्कविहीन बनेका थिए । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् । २५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् । सिस्टममा नबसेका कर्मचारीलाई कारबाही...