११ श्रावण २०८१, शनिबार

Tag: कर्णाली

कर्णालीबाट याे बर्ष ३५ हजार ८०८ जना बिद्यार्थी एसईइ दिने भयका छन

कर्णालीबाट याे बर्ष ३५ हजार ८०८ जना बिद्यार्थी एसईइ दिने भयका छन

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिवार देखि  सुरू हुँदैछ ।याे बर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताइन। कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गइरहेको छ । गत वर्ष कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार ३४८ जना विद्यार्थीले एसईई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।...
आज देशका मध्य भुभागमा भारि बर्षाकाे हुने

आज देशका मध्य भुभागमा भारि बर्षाकाे हुने

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थान तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम ...
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रके बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा बैंठक संचालन भयकाे हाे ।नेकपा माओवादी केन्द्रकाे बिशेष आधार क्षेत्र मानिने कर्णालीमा तीन महिने अभियानको तयारी गरियकाे कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्। अध्यक्ष केसीका अनुसार भदौ १६ देखि सुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अगाडि सारेको छ । घर घरमा माओवादी,जन जनमा माओवादी भन्ने मुलनाराका साथ जनतासंग माओवादी बिशेष रूपान्तरण अभियानको थालनी गरिएको अध्यक्ष केसीले बताइन । पछिल्लो समय खस्कदो संगठन निर्वाचनमा आश्चर्यजनक परिणामलाई ख्याल गर्दै अभियान सुरू गरिएको बताइएको छ । संगठन सुदृढीकरण गर्...
कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’ प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतक...
कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने !

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने !

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१७ कार्तिक, काठमाडौं । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ। कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए। सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो। सडकको उत्तर(दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो आयोजना २०६९ चैत्र ८ बाट सुरु भएको थियो। आयोजना सुर...
जापानका  सुगम र मेलिनाको कन्सर्ट कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउने

जापानका सुगम र मेलिनाको कन्सर्ट कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउने

मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् । कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले सञ्चालन हुन लागेको कार्यक्रम जापानका ६ सहरमा हुनेछ । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ मा टोकियोको रोपंगी जेस नाइटमा हुनेछ । यसैगरी ओसाका, नागोया, फुकुयोका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा समेत कन्सर्ट हुनेछ । आयोजक खिमराज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिनेछ । लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा कार्यक...

कर्णाली लाई दिलाय पहिलाे स्वर्ण पदक दुर्गा बुढाले

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, शिक्षा, समाचार
३१ असोज, काठमाडौं । स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते । विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने । उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याए...
कर्णालीमा भाबि मुख्यमन्त्री काे हुने ?आंकाक्षि ७ जना चुनावी  मैदानमा छन।

कर्णालीमा भाबि मुख्यमन्त्री काे हुने ?आंकाक्षि ७ जना चुनावी मैदानमा छन।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
२९ असोज, सुर्खेत । चुनावी सरगर्मी बढेसँगै कर्णालीमा भावी मुख्यमन्त्री को भन्ने आकलन सुरु भएको छ । कतिपय उम्मेदवार आफैंले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपयलाई दलका अरु नेताहरुले सम्भावित भनेर औंल्याएका छन् । कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् । अहिलेसम्म हेर्दा नेपाली कांग्रेसमा तीन तथा एमाले र माओवादीका दुई दुई उम्मेदवारलाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि कसैलाई पनि सम्बन्धित दलले भावी मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने औपचारिक निर्णय गरेका छैनन् । ...