२३ भाद्र २०८१, आईतवार

जापानका सुगम र मेलिनाको कन्सर्ट कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउने

१३ कार्तिक काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ ।

अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।

कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले सञ्चालन हुन लागेको कार्यक्रम जापानका ६ सहरमा हुनेछ । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ मा टोकियोको रोपंगी जेस नाइटमा हुनेछ ।

यसैगरी ओसाका, नागोया, फुकुयोका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा समेत कन्सर्ट हुनेछ ।

आयोजक खिमराज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिनेछ । लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा कार्यक्रम आयोजना गर्दै आएको छ ।