११ श्रावण २०८१, शनिबार

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रके बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा बैंठक संचालन भयकाे हाे ।नेकपा माओवादी केन्द्रकाे बिशेष आधार क्षेत्र मानिने कर्णालीमा तीन महिने अभियानको तयारी गरियकाे कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्।

अध्यक्ष केसीका अनुसार भदौ १६ देखि सुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अगाडि सारेको छ ।

घर घरमा माओवादी,जन जनमा माओवादी भन्ने मुलनाराका साथ जनतासंग माओवादी बिशेष रूपान्तरण अभियानको थालनी गरिएको अध्यक्ष केसीले बताइन । पछिल्लो समय खस्कदो संगठन निर्वाचनमा आश्चर्यजनक परिणामलाई ख्याल गर्दै अभियान सुरू गरिएको बताइएको छ ।

संगठन सुदृढीकरण गर्दै जन जनमा माओवादी भन्ने मुल मान्यता सहित अभियान सुरू गरेको कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले बताए । माओवादी पाटीको संगठानिक क्रमभंगता भएको उनको भनाइ छ ।

बैठकमा स्थायी समिति सदस्य काली बहादुर मल्ल,सत्या पहाडी पोलिटब्युरो सदस्य टेक बहादुर बस्नेत,पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत मुख्यमन्त्री राजकुमार शर्माको समेत उपस्थिति रहेको थियो ।

केन्द्रीय सदस्य जिल्ला बाहिर, प्रदेश सदस्य पालिका बाहिर अभियान सफल पार्न केन्द्रीय सदस्यलाई जिल्ला बाहिर पठाउने नीति लिएको बताइएको छ । बैठकले प्रदेशका १० वटै जिल्लामा अभियान संयोजक तोकेको छ।

रूकुम पश्चिममा गगन बहादुर खड्का , जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, सुर्खेतमा महेन्द्र बहादुर शाही र बिन्दमान बिष्ट,दैलेखमा गोपाल शर्मा, कालिकोटमा टेक बहादुर बस्नेत, जुम्ला छिमी लामा,हुम्लामा झक बहादुर मल्ल,मुगुमा गोमा कुंवर, डोल्पामा युवराज आचार्य संयोजक तोकिएका छन

भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घाटन र २५ गतेसम्म वार्मअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ ।

अभियानका क्रममा आठौं महाधिवेशनबाट पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो सम्बन्धी रणनीति र कार्यनीति पनि पार्टी पंक्ति र जनसमुदाय स्तरसम्म पुर्‍याउने नीति लिइएको बताइएको छ ।