२३ भाद्र २०८१, आईतवार

महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

जाजरकोट ।कुशे गाउपालिका वडा न १ स्याक्रिमा राज्यद्वारा मारियका खडक बहादुर चलाउने (तेज)काे २५ ओैं स्मृति सभा सम्पन्न भयकाे छ ।

शनिवार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटका ईन्चार्ज प्रेम बहादुर चलाउने (अनन्त), क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटका संयाेजक पदम हमालकाे विशेष उपस्थितिमा र सहिद तेजका बुवा शेर बहादुर चलाउने (शिखर) र वडाका जन प्रतिनिधि लगायत आम समुदायको उपस्थिति स्मृति सभा सम्पन्न भयकाे हाे ।

२२ बर्षकाे युवा अवस्थामा खडक चलाउने तेजकाे तत्कालीन जनयुद्धको समयमा २०५५ साल भदाै २ गते पजारु गाबिसकाे डाडाँगाउमा छलफलमा बसिरहेको अवस्थामा डाडाँगाउ प्रहरीले घेरा हालि हत्या गरेकाे थियाे । हत्या पछि बदला भावका साथ खडक चलाउनेका बुवा शिखर र बहिनी दुर्गा चलाउने (बदला ) जनयुद्धमा समाहित भयका थिय ।