११ श्रावण २०८१, शनिबार

जाजरकोट ,स्थानीय युवाहरुले श्रमदान गरेर बनाय काठे पुल

जाजरकोट ।जिल्लाको कुशे गाउँपालिका वडा नं २ र ३ जोड्ने बडिखाेलामा स्थानीय यूवाले निःशुल्क अस्थायी पुल निर्माण गरेका छन् । स्थानीय यूवा अशोक बहादुर सिंहको पहलमा वडा नं २ को झारगाउँ र ३ को  डाँडी भौता जोड्ने स्याला खोलामा यूवाहरुले तीन दिन लगाएर अस्थायी काठको पुल निर्माण गरेका हुन् ।

स्याला खोलामा पानीको बहाव बढे सँगै दुई वडाका स्थानीयहरुलाई आवतजावत गर्न समस्या भएकोले निःशुल्क पुल निर्माण गरिएको स्थानीय यूवा अशोक बहादुर सिंहले बताए । स्थानीय यूवाहरु मिलेर अन्दाजी १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । ‘पुल नभएका खोलामा हामीले अस्थायी काठको पुल निर्माण गरेका छौं, सिंहले भने, ‘दुई वडाका बासिन्दाहरुलाई आवतजावत गर्न निकै समस्या भएपछि हामीले निःशुल्क रुपमा तीन दिन लगाएर पुल निर्माण गरेका हौं ।’

स्थानीय मान्ने ढुृङ्गाा माद्यामिक विद्यालयमा अध्ययनरक्त विद्यार्थीहरुलाई समेत आवतजावत गर्न समस्या भएको थियो । खोलामा अस्थायी पुल बन्दा विद्यार्थी र स्थानीय बासिन्दाहरु निकै खुशी भएका छन् । ‘पुल निर्माण गर्दा मेरो दश हजार जति खर्च भएको छ सिंहले थपे, ‘पुल बनाउने काममा स्थानीय सरकारले वेवास्ता गरेको देखिन्छ ।’ हामी अर्काे ठाउँमा पुल बनाउने योजना बनाईरहेका छौं । हामीलाई यहाँहरुको सहयोगको खाँचो छ ।‘ अस्थायी पुल बनेपछि आवतजावतमा निकै सहज भएको स्थानीयको भनाई छ ।

स्थानीय यूवाहरु महेन्द्रबहादुर शाही , रत्न बहादुर शाही , दल बहादुर सिंह, बासुदेव हमला, दिनेश सिंह, हरि बहादुर सिंह, जनक सिंह , कुमार शाही , विर्खे नेपाली , सुगिलो नेपाली, काली बहादुर नेपाली , यज्ञराज सिंह , धने चदारा, सर्पु शाही , विनोद सिंह , मैयम बहादुर सिंह, पदम हमाल, टेक बहादुर हमाल, रमेश सिंहले श्रमदान गरेका छन् ।